सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साताको शेयर बजारः ७९ अर्बको कारोबार


  •    न्युजभित्तो/३० श्रावण २०७८, शनिबार १६:२३ 
  • काठमाडौँ, ३० साउन । धितोपत्र बजारमा यस साता नयाँ कीर्तिमान कायम भएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै कारोबार रकमसमेत औसतमा १६ अर्बको हाराहारीमा रहेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेप्से तीन हजार एक सय ७९ मा पुगेको छ । औसतमा कूल दुई सय २५ कम्पनीको १४ करोड ९८ लाख ३२ हजार तीन सय १० कित्ता शेयर रु ७९ अर्ब २६ करोड आठ लाख ४० हजार नौ सय १६ मूल्यमा खरिदबिक्री भए । साताभर नै जलविद्युत् उपसमूहको शेयरमा लगानीकर्ताको आकर्षण देखियो ।

    साताभर पाँच कारोबार दिन नै नेप्सेमा सुधार भई नै रह्यो । साताको पहिलो दिन नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको थियो । त्यसदिन नेप्से परिसूचक ०।६६ बिन्दुले बढेर तीन हजार १०८।१२ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।७८ ले वृद्धि भई ५७८।०९ मा पुग्यो ।

    कूल दुई सय २७ कम्पनीको दुई करोड ६९ लाख ९६ हजार तीन सय १३ कित्ता शेयर रु १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार आठ सय ८७ मूल्यमा खरिदबिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लाग्यो ।

    बैंकिङ ०.०८, विकास बैंक ६६.३७, जलविद्युत् ११५.०५, वित्त २१.८९, उत्पादन २.८४ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ४०.३८, होटेल तथा पर्यटन ३९.९१, निर्जीवन बीमा २०२।७९, अन्य २०.५३, लघुवित्त ७४.०९, जीवन बीमा १०१.५४ र लगानी ०.०४ बिन्दुले घटेको थियो ।

    कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रही रु ८१ करोड ९२ लाख २४ हजार पाँच सय ६० बराबरको कारोबार भयो ।

    साताको दोस्रो दिन सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा सामान्य सुधार भए पनि जलविद्युत् समूहको शेयरमा उछाल देखियो । यस्तै कारोबार रकम रु १४ अर्बको हाराहारीमा रह्यो ।

    त्यस दिन नेप्सेमा १.५४ बिन्दुको सुधार आई तीन हजार १०९.६६ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।०५ ले ओरालो लागेर ५७५.९५ मा ओर्लियो ।

    कूल दुई सय २५ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर रु १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार आठ सय ८१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको शेयरमा उछाल देखियो । सो दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही रु ६७ करोड ४८ लाख ५५ हजार आठ सय ६० बराबरको कारोबार भयो ।

    सोमबार आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, युनियन हाइड्रोपावर, जीवन विकास लघुवित्त, ङादी ग्रुप अफ पावर र युनियन लाइफ इन्सुरेन्सको शेयरमा मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

    साताको तेस्रो दिन मङ्गलबार नेप्सेमा उछाल देखियो भने बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब बराबर पुग्यो । लगातार उकालो लाग्दै आएको नेप्सेमा उछाल देखियो । विकास बैंक, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयरका लगानीकर्ताको तीव्र आकर्षण देखिँदा नेप्सेसमेत नयाँ उचाइमा पुग्यो ।

    त्यस दिन नेप्से ५१.८६ बिन्दुले बढेर तीन हजार १६१.४४ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ बिन्दुले बढेर ५८७.९५ मा पुग्यो ।

    कूल दुई सय २५ कम्पनीको तीन करोड ३५ लाख ३५ हजार दुई सय १३ कित्ता शेयर रु १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार दुई सय ७९ मूल्यमा खरिदबिक्री भयो । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १३ अर्ब १८ करोड तीन लाख २० हजार बराबर पुग्यो ।

    कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लाग्यो । कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रही रु ८९ करोड ५८ लाख ९३ हजार पाँच सय ३६ बराबरको कारोबार भयो । त्यस दिन १३ कम्पनीको शेयरमा सर्किट लाग्यो ।

    साताको चौथो दिन बुधबार नेप्सेमा झिनो मात्रै सुधार भयो तर कारोबार रकम रु १५ अर्ब ४५ करोड बराबर भयो । त्यस दिन नेप्से ०।९४ बिन्दुले बढेर नेप्से तीन हजार १६२।५९ मा पुग्यो ।

    यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।३८ बिन्दुले घटेर ५८५।७१ मा पुग्यो । कूल दुई सय ३० कम्पनीको दुई करोड ७२ लाख ९८ हजार ६ सय २४ कित्ता शेयर रु १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार सात सय ५४ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्यो भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आयो ।

    सो दिन पनि कारोबारका आधारमा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रही रु ६८ करोड ३० लाख ७१ हजार सात सय एक बराबरको कारोबार भयो । बुधबार छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो ।

    साताको अन्तिम दिन नेप्सेमा कीर्तिमान कायम भयो । यस्तै बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब बराबर पुग्यो ।

    विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो । त्यस दिन नेप्से १६।४१ अङ्कले बढेर तीन हजार एक सय ७९ मा पुग्यो ।

    यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५।४६ बिन्दुले बढेर ५९१।१६ मा पुग्यो । कूल दुई सय २५ कम्पनीको तीन करोड ६६ लाख आठ हजार चार सय ६१ कित्ता शेयर रु १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार एक सय १५ मूल्यमा खरिद बिक्री भए ।

    कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्यमा सुधार आउँदा छ उपसमूहको शेयर भने ओरालो लाग्यो । कारोबारका आधारमा त्यसदिन माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रही रु ६२ करोड ७९ लाख ९७ हजार आठ सय बराबरको कारोबार भयो । बिहीबार सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.