सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सहकारीमार्फत गाउँगाउँमा राष्ट्रिय प्रसारण लाइन जडान


  •    न्युजभित्तो/३० श्रावण २०७८, शनिबार १२:२५ 
  • फुङ्लिङ, ३० साउन । ताप्लेजुङमा विद्य्त् सहकारीमार्फत दुर्गम बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । गत आर्थिक वर्षसम्ममा घरधुरीका आधारमा ताप्लेजुङमा ६१.७६ प्रतिशत राष्ट्रिय प्रसारण लाइन पुगेको हो ।

    जिल्लाका नौ स्थानीय तहमध्ये छ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख प्राविधिक हेमन्त चौधरीले बताउनुभयो । मैवाखोला गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगे पनि प्राविधिक कारणले घरमा जडान गर्न केही समय लाग्ने उहाँले जानकारी दिनुभयो । मिक्वाखोला गाउँपालिका वडा नं १ र २ खोक्लिङसम्म राष्ट्रिय प्रसारण लाइन पुगेको र गाउँपालिका केन्द्रसम्म पु¥याउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

    फुङ्लिङ नगरपालिकाका ९४ प्रतिशत घरधुरी सङ्ख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको बताइएको छ । मेरिङदेन गाउँपालिकामा ६० प्रतिशत, मैवाखोला गाउँपालिका ४८ प्रतिशत र सिदिङवा गाउँपालिकामा २० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको प्राधिकरणले जनाएको छ ।

    पाथीभरा याङवरक गाउँपालिकामा ९० प्रतिशत, सिरिजङ्गा गाउँपालिकामा ३० प्रतिशत र मिक्वाखोला गाउँपालिकामा दुई प्रतिशत घरघुरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको प्राधिकरणको तथ्याङ्कले जनाएको छ । आठराई त्रिवेणी गाउँपालिकामा ९२ प्रतिशत घरघुरी सङ्ख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

    फक्ताङलुङ गाउँपालिकामा भने राष्ट्रिय प्रसारण लाइन कुनै पुगेको छैन । चालु आवमा फक्ताङलुङ गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन जोड्ने योजना रहेको प्राधिकरणले जनाएको छ । जिल्लामा आठ विद्युत् सहकारी दर्ता भएका छन् । आठराई त्रिवेणी गाउँपालिकामा दुई सहरकारीमार्फत गाउँगाउँसम्म राष्ट्रिय प्रसारण लाइन पु¥याउने काम भइरहेको प्राधिकरणका सूचना अधिकारी देवनाध मण्डलले बताउनुभयोे ।

    मेरिङदेन गाउँपालिका, मिक्वाखोला गाउँपालिका, सिरिजङ्गा गाउँपालिका, सिदिङवा गाउँपालिकामा एक–एक र पाथीभरा याङवरक गाउँपालिकामा दुई गरी आठ विद्युत् सहकारीमार्फत राष्ट्रिय प्रसारण लाइन दुर्गम बस्तीसम्म पु¥याउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.