सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भौगर्भिक समाजको अध्यक्षमा डा. गजुरेल निर्वाचित


  •    न्युजभित्तो/३० श्रावण २०७८, शनिबार १०:५५ 
  • काठमाडौँ, ३० साउन । नेपाल भौगर्भिक समाजको अध्यक्षमा डा अनन्तप्रसाद गजुरेल निर्वाचित हुनुभएको छ । समाजको २० औँ कार्यकारिणी समितिको शुक्रबार साँझ सम्पन्न मतगणनाअनुसार डा गजुरेल ३७१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी डा सुधीर रजौरेले २७२ मत प्राप्त गर्नुभएको थियो ।
    यस्तै, उपाध्यक्षमा मनिका झा (३९५ मत) महासचिव डा लोकविजय अधिकारी (३९६ मत) ल्याई विजयी हुनुभएको निर्वाचन उपसमिति संयोजक शिवकुमार बाँस्कोटाले राससलाई जानकारी दिनुभयो ।
    यसैगरी, उपमहासचिमा सविना खत्री, कोषाध्यक्षमा आशिष केसी र तीन सदस्यमा इन्द्र लम्साल, अर्जुन भण्डारी र सौरभ खनाल हुनुभएको छ । निर्वाचन हुने आठ पदमध्ये उपमहाचिव र सदस्यबाहेक अन्य सबै पदमा विद्युतीय माध्यमबाट मतदान भएको थियो । कूल ११ सदस्य हुने समाजमा तीन सदस्य अध्यक्षले पछि मनोनीत गर्नेछन् ।
    आठ सयभन्दा बढी मतदाता रहेको समाजको निर्वाचनमा ६४३ मत खसेको थियो । उक्त समाजको कार्यकाल दुई वर्षको हुनेछ । नवनिर्वाचित अध्यक्ष डा गजुरेलले सबै भूगर्भविद्लाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भूगर्भविद्ले विशेषतः बाढी, पहिरो र भूकम्पको क्षेत्रमा काम गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.