सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाको दोस्रो लहरका कारण ४.०१ प्रतिशत आर्थिक वृद्धिदर चुनौतिपूर्ण : राष्ट्र बैंक


  •    न्युजभित्तो/२९ श्रावण २०७८, शुक्रबार १७:०८ 
  • काठमाडौं,२९ साउन । नेपाल राष्ट्र बैंकले केन्द्रीय तथ्याङ्क विभागले अनुमान गरेको आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशतको आर्थिक वृद्धि चुनौतिपूर्ण रहेको बताएको छ । आर्थिक वर्षको चौथो त्रयमासमा भएका कोरोनाको दोस्रो लहरका कारण यो हासिल गर्न चुनौतिपूर्ण देखिएको राष्ट्र बैंकको विश्लेषण छ ।

    शुक्रबार जारी मौद्रिक नीतिमा समष्टिगत आर्थिक स्थितिको विश्लेषण गर्दै भनिएको छ, ‘आर्थिक वर्ष २०७६/७७ मा २.०९ प्रतिशतले संकुचनमा गएको नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशतले बिस्तार हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान रहेको छ । तर चौथो त्रयमासमा भएको संक्रमणको दोस्रो लहरले यो वृद्धिदर कायम हुन चुनौतीपूर्ण देखिएको छ ।’

    त्यसै गरी, आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनसँगको कुल गार्हस्थ्य बचतको अनुपात ६.६ प्रतिशत र कुल राष्ट्रिय बचतको अनुपात ३१.४ प्रतिशत रहेको अनुमान गरिएको छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः ६.३ प्रतिशत र ३२.६ प्रतिशत थिए ।

    यता, आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनमा कुल स्थिर पुँजी निर्माणको अनुपात २७.३ प्रतिशत रहेको राष्ट्र बैंकको अनुमान छ । अघिल्लो वर्ष यस्तो अनुपात २८.४ प्रतिशत थियो ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.