सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिकाका बाढीप्रभावित चेपाङ परिवारलाई ग्लोबल कलेजका विद्याथीद्वारा राहत वितरण


  •    न्युजभित्तो/२९ श्रावण २०७८, शुक्रबार १५:२७ 
  • भरतपुर,२९ साउन । कालिका १० र ११ का बाढी प्रभावित परिवारलाई काठ्माण्डौको ग्लोबल कलेज इन्टरनेशनलका विद्यार्थीले सहयोग गरेका छन् । असार १७ गतेको बाढीले घरबारविहिन बनेका चेपाङ वस्तीमा खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेका हुन् ।

     

    एक महिनासम्म विद्यार्थी तथा अभिभावकबाट आर्थिक संकलन गरी करिब २ लाख बराबरका सामाग्री हस्तान्तरण गरेका छन् । ग्लोबव सोसल क्लबको जिसिआइ फुड एण्ड क्लोथिङ डोनेसन सर्कलका लिडर गौरवराज श्रेष्ठका अनुसार २२ परिवारलाई सहयोग दिइएको हो । ब्ल्याङकेट, चामल, लत्ताकपडाका सेट, नुन, सोयाविन, चाउचाउ लगायतका समाग्री वितरण भएको हो ।

    बाढीले घरखेत बगाएपछि बाख्राको खोर, अस्थायी टहरा, स्कुलको छात्राबास, आफन्तीको घरमा उनीहरुले आश्रय लिएका छन् । ग्लोबल कलेजको विटिटिएम विभागका शिक्षक नोजल कोइराला, प्रशासन शाखा प्रमुख पदम पाण्डेले सञ्चारमाध्यममा समाचार आएपछि सहयोग गरिएको बताए । चेपाङ अभियान्ता केपीकिरण शर्माले घरबारविहीन परिवारलाई स्थायी बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकारले पहल गर्नुपर्ने बताए । तत्कालिन सिद्धि गाविसका पूर्वअध्यक्ष कृष्णबहादुर प्रजाले एक महिना पुरा हुदासमेत राहतको भरमा बस्नुपर्ने बाध्यता रहेको बताए । उनको पनि बाढीले घरखेत बगाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.