सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक लाख ३५ हजार नगरवासीलाई शुद्ध पिउने पानी


  •    न्युजभित्तो/२९ श्रावण २०७८, शुक्रबार १२:४६ 
  • वाग्मती, २९ साउन । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहानगरपालिकाका क्षेत्रभित्रका कूल एक लाख ३५ हजार नागरिकलाई दैनिक एक करोड ५५ लाख लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको छ ।

    बोर्डले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा हेटौँडाभित्रका १४ वडाका विभिन्न भूभागमा बसोबास गर्ने करिब एक लाख ३५ हजार नगरवासीलाई विभिन्न स्रोतबाट दैनिक सरदर एक करोड ५५ लाख लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको जानकारी दिइएको हो ।

    बोर्डका अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ मा बिलिङ गरेकामा रु नौ करोड १८ लाख ७२ हजारमध्ये रु नौ करोड १८ लाख ७२ हजार अर्थात् ९५ दशमलव १९ प्रतिशत महसुल उठाउन सफल भएको बोर्डका कार्यकारी निर्देशक शुदर्शन ढकालले बताउनुभयो ।

    बोर्डले आर्थिक वर्ष २०७७÷७८ को प्रगति विवरण तथा आर्थिक वर्ष ७८÷०७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत कार्यक्रममार्फत नगरवासीलाई एउटा सतहगत, २१ डिप बोरिङ, सात समवेलबाट नियमित दैनिक छदेखि सात घण्टा करिब २० हजार ८८४ धारामा करिब सरदर एक करोड ५५ लाख लिटर खानेपानी वितरण गर्दै आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका निमित्त कार्यकारी निर्देशक ढकालले बताउनुभयो ।

    आइतबारदेखि सेवा प्रवाह बन्द हुने

    मकवानपुरमा कोरोना सङ्क्रमण बढ्नाका साथै जोखिम बढेको भन्दै यही साउन ३१ गतेदेखि एक हप्ताका लागि मालपोत कार्यालय र नापी कार्यालयको सेवा प्रभाव बन्द गरिने भएको छ ।

    हेटौँडास्थित मालपोत कार्यालय भिडभाड बढेको र सङ्क्रमणको जोखिम उच्च भएकोले आइतबारदेखि एक हप्ता उक्त कार्यालयमा सेवा प्रवाह बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.