सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुन: गराउन माग


  •    न्युजभित्तो/२९ श्रावण २०७८, शुक्रबार ११:४२ 
  • काठमाडौं, २९ साउन । सत्तारूढ विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन्।

    नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु ९क्रान्तिकारी०, अखिल ९छैटौँ० र समाजवादी विद्यार्थी युनियनको संयुक्त बैठक बसी आयोगद्वारा लिइएको प्रवेश परीक्षामा कोटाभन्दा कम विद्यार्थी मात्र उत्र्तीण गरेको भन्दै पुनः परीक्षाको माग गरेका अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए।

    बागबजारमा बिहीबार सत्तारूढ विद्यार्थी संगठनहरूको बैठक बसेको थियो।

    ‘प्रवेश परीक्षाबाट क्षमताभन्दा थोरै विद्यार्थी उत्तिर्ण हुँदा विद्यार्थीले मुलुकभित्र अध्ययनको अवसर नपाई विदेश जाने परिस्थिति हुन्छ। जसले गर्दा विद्यार्थीलाई झन्झट, तनाव थपिने र नेपाली मुद्रा विदेशिने स्थिति बनेका कारण तत्काल पुनः प्रवेश परीक्षाको मिति सार्वजनिक गरी विद्यार्थीलाई देशमै अध्ययनको वातावरण बनाउन माग गर्दछौँ,’ उनले भने।

    बैठकले इञ्जिनीयरिङ क्याम्पसमा गरिएको शुल्क वृद्धि फिर्ता लिन र इञ्जिनीयरिङको शुल्क निर्धारण आयोग गठन गरी देशभरिका क्याम्पसमा एउटै शुल्क निर्धारण गर्न माग गरेको छ।

    पूर्वाञ्चल विश्वविद्यालयमा भएको भ्रष्टाचारको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गरी भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अनियमितामा संलग्न उपकुलपतिलाई वर्खास्त गर्न पनि माग गरिएको छ।

    बैठकले विदेशी विश्वविद्यालयको सम्बन्धमा सञ्चालित शिक्षण संस्थाले जथाभावी शुल्क असुल गरेको पाइएकाले ति संस्थामाथि अनुगमन गरी कारबाही गर्न बैठकले माग गरेको अखिलका अध्यक्ष पराजुलीले बताए।

    त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा इञ्जिनीयरिङ, मेडिकल, वाणिज्य सहितका विषयमा कोटा थप गर्न माग गर्दै कक्षा ११ र १२ मा दिइँदै आएको छात्रवृति कार्यान्वयनको सन्दर्भमा शहरका विद्यालयमा कठिनाइ उत्पन्न भएको हुनाले तत्काल कार्यविधि बनाइ छात्रवृत्ति सहज बनाउन बैठकले माग गरेको छ। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.