सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हात्ती दिवसमा चितवनमा हात्तीलाई वनभोज खुवाइयो,


  •    न्युजभित्तो/२८ श्रावण २०७८, बिहीबार १५:१२ 
  • चितवन, २८ साउन । कोरोना संक्रमणपछि पर्यटन क्षेत्रमा गम्भीर असर पर्दा चितवनका हात्तीहरु बिस्थापित भइरहेका छन् ।

    सफारीमा प्रयोग हँुदै आएका निजी हात्तीहरु कोरोना संक्रमण र आहारका कारण विस्थापित हुन पुगेका हुन् ।

    पर्यटन व्यवसायको एक पाटोको रुपमा लिइने हात्ती संरक्षणमा जोड दिनुपर्ने आवाज उठाउँदै बिहीबार १० औं अन्तर्राष्ट्रिय हात्ती दिवस मनाइएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजना तथा कुमरोज मध्यवर्ती सामुदायिक वनको सहआयोजनामा एक कार्यक्रम गरी हात्तीलाई वनभोज खुवाउनुका साथै उनीहरुको चर्चा गर्दै संरक्षणमा जोड दिइएको हो ।

    सौराहामा निजी क्षेत्रका ५५ वटा हात्ती सञ्चालनमा थिए । तर, कोरोना संक्रमण र आहार अभावका कारण दुई वर्ष यता १८ वटा हात्ती यहाँबाट बिस्थापित भइसकेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले बताए । यहाँका हात्तीहरु बिक्री गरेर भारत पठाइएको छ । हात्ती दुई दशकदेखि पर्यटन क्षेत्रमा प्रयोग हुँदै आएकाले यसको संरक्षण आवश्यक रहेको उनले बताए ।

    रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले हात्ती बिना सौराहाको कल्पना गर्न नसकिने बताए । डलरको खेती गर्नेहरुले हात्ती सफारीको विरोध गर्ने गरेको भन्दै उनले हात्तीमा भएको लगानी र यसले पर्यटन क्षेत्रमा पारेको सकारात्मक प्रभावका कारण बुझ्नु पर्ने औल्याए ।

    रत्ननगर नगरापालिका–७ का वडाध्यक्ष समेत रहेका रेवान सौराहाका पूर्वअध्यक्ष राजन भट्टले कोरोनाका कारण पर्यटन व्यवसाय थलिँदा यहाँका हात्तीहरु भारतमा बिक्री भएको बताए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वाडेन अणनाथ बरालले हात्तीकै कारण चितवन निकुञ्ज विश्वमा प्रख्यात हुनुका साथै आम्दानीको स्रोत समेत रहेको बताए । वन्यजन्तु अवलोकनकै लागि यहाँ पर्यटकहरु आउने गरेको उनको भनाइ थियो । पर्यटन व्यवसायसमेत धारासायी भएको अवस्थामा हात्ती समेत पलायन हुनु निकुञ्जका लागि गम्भीर असर गर्ने वाडेन बरालले बताए ।
    सो अवसरमा कुमरोज मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष सानुकाजी कुँवरले निकुञ्जले कार्ययोजना स्वीकृत नगर्दा वार्षिक कार्यक्रममा असर पुयाएको भन्दै बाढीका कारण भएको क्षति र पर्यटक शुल्कमा विषेश ध्यान दिन निकुञ्ज प्रमुखको ध्यानाकर्षण गराए । वनका अध्यक्ष गणेशकुमार गुरुङले हात्ती सफारी, जीप सफारी वनको मुख्य आम्दानीको स्रोत भएकाले पर्यटकीय गतिविधिलाई बढावा दिनुपर्ने बताए । कार्यक्रममा हात्तीलाई मन पर्ने परिकारहरु खुवाइएको थियो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी नगरपालिका–१३ की वडाध्यक्ष टिकादेवी दाहाल, पर्यटन व्यवसायी बासुदेव ढुंगानालगायतले मन्तव्य राखेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.