सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनाङमा विद्युत् अभावले स्वास्थ्य सेवा प्रभावित


  •    न्युजभित्तो/२८ श्रावण २०७८, बिहीबार १४:५० 
  • मनाङ, २८ साउन । विद्युत् आपूर्ति अवरुद्ध हुँदा मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । यसले सेवाग्राही मर्कामा परेका छन् ।

    गत असार १ गते आएको बाढीपहिराका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका हुन् । आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि सौर्य ऊर्जा समयमा जडान हुन नसक्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको मनाङवासीको गुनासो छ ।

    बाढीपहिराले मनाङमा विद्युत् आपूर्ति हुन नसक्दा स्वास्थ्य सेवा प्रत्यक्ष प्रभावित भएको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले जानकारी दिनुभयो । “विद्युत् आपूर्ति नहुँदाका बखत जेनेरेटरको सहयोग चलाइरहेका छौँ, जेनेरेटर सञ्चालनका लागि इन्धन आपूर्ति गर्न मुस्किल छ, हेलिकोप्टरबाहेक इन्धन ल्याउने अरु विकल्प छैन”, उहाँले भन्नुभयो, “यहाँका सर्वसाधारणलाई विद्युत् नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।”

    अन्सारीका अनुसार अस्पतालमा सौर्य ऊर्जा ९सोलार० जडान गरिएको छैन । सौर्य ऊर्जा जडान गर्न सकिएको भए जेनेरेटरमा तेल अभाव भएपछि सौर्य ऊर्जाको प्रयोगबाट सेवाप्रवाह गर्न सकिन्थ्यो । “सौर्य ऊर्जा आए पनि जडान गरिएको छैन, जेनेरेटर चलाएर सेवा दिँदै आएका छौँ, तेल सकिने लागेको छ, तेल ल्याउन सडक नै छैन, हेलिकोप्टरमार्फत ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “मौसम पनि खराब छ, तेल ल्याउन सकिएन भने अबको एक÷दुई दिनमा जिल्ला अस्पतालले दिँदै आएको स्वास्थ्य सेवा नै अवरुद्ध हुने अवस्थामा पुगेको छ ।”

    जेनेरेटर सञ्चालन गर्न थप तेल ल्याउनका निम्ति गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकिएको जनस्वास्थ्य निरीक्षक अन्सारीले बताउनुभयो । “तेल अभाव भएको जानकारी गराइसकेका छौँ । छिट्टै आउने अपेक्षामा छौँ”, उहाँले भन्नुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट मनाङमाा ल्याइएको सौर्य ऊर्जा हालसम्म जडान गर्न सकिएको छैन ।

    स्वास्थ्य कार्यालय, खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चामे गाउँपालिकाको कार्यालयमा सौर्य ऊर्जा जडान गर्ने भनिए पनि हालसम्म जडान गरिएको छैन । मनाङ आइपुगेको सौर्य ऊर्जा जडानका लागि विज्ञ प्राविधिक नहुँदा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो ।

    “सामग्री आइपुगेको छ । तर, समयमा जडान गर्न मुस्किल भएको छ । सामग्री आए पनि विज्ञ प्राविधिकको अभावले सौर्य ऊर्जा जडान गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “यस सम्बन्धमा गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जानकारी गराएका छौँ ।” बाढीपहिराले क्षति पु¥याएको केही समयमा मन्त्रालयमार्फत १६ वटा सौर्य ऊर्जा ल्याएर जडान गरिएको छ । तर, पछिल्लो समय ल्याइएको पाँचवटा सौर्य ऊर्जा भने जडान गरिएको छैन । विद्युत् आपूर्ति नहुँदा मनाङवासीको दैनिकी अँध्यारोमा गुज्रेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.