सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पचास लाखभन्दा बढीको योजनामा अनिवार्य डिपिआर


  •    न्युजभित्तो/२८ श्रावण २०७८, बिहीबार १४:२१ 
  • बलेवा, २८ साउन। बागलुङको बडिगाड गाउँपालिकाले ५० लाखभन्दा बढीका योजनामा अनिवार्य विस्तृत आयोजना अध्ययन प्रतिवेदन (डिपिआर)बनाउने नीति लिएको छ । कोरोना सङ्क्रमणका कारण नीतिअनुसारको काम नभए पनि केही ठूला आयोजनामा भने डिपिआर बनेका छन् ।
    ग्रामीण क्षेत्रका भए पनि सडक निर्माण गर्दा १६ प्रतिशतभन्दा कम ग्रेड हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि बनेका अधिकांश सडक ठाडो र साँघुरो भएकाले वर्षात्मा बाढीपहिरो जाने र सवारी साधन नगुड्ने हुँदा यस्तो नीति बनाइएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो ।
    बडिगाड खोलाको दायाँबायाँ सडक बनाउने गरी डिपिआरसमेत बनाइएको छ । त्यसमा छिमेकी ढोरपाटन र गलकोट नगरपालिका तथा गुल्मीको मुसिकोट नगरपालिका समेतको सहकार्य रहेको छ । “हामीले डिपिआर बनाइसकेका छौँ, अब बडिगाड खोलालाई बीचमा पारेर चारवटै पालिकाको सडक सञ्जाल बन्नेछ”, अध्यक्ष पाइजाले भन्नुभयो, “यो पर्यटन प्रवद्र्धनका लागि उपयोगी सडक बन्नेछ ।” गाउँपालिकाको केन्द्रदेखि जलजला हुँदै रणसिंकिटेनी, दर्लिङसम्म पुग्ने झण्डै ५५ किमी सडकका लागि डिपिआर बनाइने र यसअघिको ट्रयाकमा रहेको ग्रेड घटाउने काम थालिने भएको छ ।
    “डिपिआर बनाएपछि योजना दीर्घकालीन महत्वको बन्ने र त्यसले दिगो विकासमा योगदान पुग्छ”, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले भन्नुभयो, “दक्ष जनशक्ति अभावले सोचेजति काम गर्न भने सकिएको छैन ।” सडक बनाउने क्रममा कम्तीमा ४० प्रतिशत दायाँबायाँको संरचना निर्माणलाई अनिवार्य बनाइएको छ । ग्रामीण सडक पहिराले ध्वस्त बनाउने भएकाले समयमै संरचना बनाउँदा धेरै सडक पहिराबाट जोगिने उपाध्यक्ष अमरबहादुर श्रीषले बताउनुभयो ।
    “अघिल्ला वर्षको तुलनामा बडिगाडका ग्रामीण सडकमा पहिरो थोरै खसेको छ”, उहाँले भन्नुभयो, “यस वर्ष अत्यधिक वर्षात्ले केही क्षति भए पनि सडककै कारण समस्या भोग्नुपरेको छैन ।” पहिरो नियन्त्रण प्रयास अघिल्लो वर्षदेखि सुरु भएको थियो । चालु वर्षका लागि पनि समयमै योजना सम्झौता गरेर हिउँदमै काम सकाउने र अन्तिम समयमा आएर योजना सम्झौता गर्ने प्रवृत्ति अन्त्य गरिने भएको छ ।
    ढुङ्गा, गिट्टी, बालुवा र अन्य खानी सञ्चालनका लागि अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको छ । फोहरको दीर्घकालीन व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल्ड बनाउने योजना छ । गत वर्ष जिल्ला समन्वय समितिले अनुगमन गरेर सुझाएपछि गाउँपालिकाले आम्दानी बढ्ने गरी वातावरणीय प्रभाव हेरेर ठेक्का लगाउने तयारी गर्नाका साथै वर्षात्मा भने खोलाबाट निर्माण सामग्री उत्खनन गर्न रोक लगाएकोे छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता
    होली भिजन पब्लिक स्कुल, शिक्षक अभिभावक संघमा न्यौपानेको नेतृत्व
    सीपलाई आयआर्जनसँग जोड्न सके समतामूलक समाज निर्माणमा टेवा पुग्छः मन्त्री तामाङ
    • माडीबाट वाल्मीकिसम्मको यात्रा: मनोरञ्जनसँगै चिन्ताको अनुभूति
    • नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघमा नयाँ नेतृत्व, अध्यक्षमा कुँवर
    • नाटा रनिङ्ग शिल्ड जनप्रियलाई
    • विकासका समस्या पहिचान गरी समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.