सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अक्सिजन अभावमा टीकापुर अस्पतालः सम्झौता सकिँदा पनि निर्माण भएन प्लान्ट


  •    न्युजभित्तो/२८ श्रावण २०७८, बिहीबार १४:१५ 
  • भजनी, २८ साउन । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर पहिलोभन्दा निकै जटिल बन्यो, त्यसबाट कैलालीको टीकापुर पनि अछुतो रहन सकेन।

    कोरोना सङ्क्रमण बढ्दै जाँदा कैयौं नागरिकले अक्सिजन नपाएरै ज्यान गुमाउनु पर्‍यो। अस्पतालमा सङ्क्रमित राख्ने ठाउँ नभएपछि अस्पतालका बार्दली पनि भरिए। देशभर अक्सिजनको चरम अभाव भएपछि सरकारले जिल्लास्तरसम्मको अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट पठाए। सो बजेटबाट केही अस्पतालमा अक्सिजन प्लान्ट जडान भएपनि केहीमा कहिले जडान हुने भन्ने अझै एकीन हुन सकेको छैन।

    अहिले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको जोखिम बढ्दै जाँदा कतै पहिले जस्तै अक्सिजनको अभावका कारण नागरिकले ज्यान गुमाउनुपर्ने हो कि भन्ने त्रास बढ्दै गएको छ। कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा अक्सिजन सिलिण्डर खरिद तथा प्लान्ट जडानका लागि नागरिकस्तरबाट पनि रकम सङ्कलनको काम भयो। सुदूरपश्चिम प्रदेश सरकारले पनि अक्सिजन प्लान्ट जडानका लागि रु ७५ लाख अस्पताललाई दियो। पैसा आयो। प्लान्ट जडानका लागि सम्झौता भए पनि, अक्सिजन प्लान्ट कहिले निर्माण हुने हो रु त्यसको कुनै अत्तोपत्तो भने छैन।

    अस्पतालमा किन बनेन अक्सिजन प्लान्ट ?

    अस्पतालले २०७८ जेठ १७ गते हेल्थ केयर सप्लायर्स काठमाडौँसँग अक्सिजन प्लान्ट जडानका लागि सम्झौता गर्‍यो। उक्त सम्झौताअनुसार सप्लायर्सले ३० दिनभित्र अक्सिजन प्लान्ट जडान गरिसक्नुपर्ने थियो। त्यो समयसम्म सप्लायर्स नै सम्पर्कमा आउन सकेन। त्यसपश्चात् अस्पतालले थप चार दिन म्याद थप गर्‍यो। त्यहाँसम्म पनि अक्सिजन प्लान्ट जडानका लागि जिम्मा पाएको हेल्थ केयर सप्लायर्स बेखबर नै भयो।

    अस्पतालले कुनै पनि विकल्पले काम नगरेपछि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई सम्झौताको म्याद सकिएको र त्यसपश्चात् के गर्ने रु भन्ने विषयमा पत्राचार गरेको टीकापुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईले बताए। उनका अनुसार सङ्घीय सरकारले अक्सिजन प्लान्ट जडानका लागि गतवर्ष नै विनियोजन भएको रकम भदौ मसान्तसम्म खर्च गर्नुपर्ने व्यवस्था मिलाए पनि ठेकेदार कम्पनीले साउन मसान्तसम्म अक्सिजन प्लान्ट जडान गरिसक्ने आश्वासन दिएको थियो।

    अब साउन महिना सकिन पनि केही दिनमात्रै बाँकी रहँदा अहिलेसम्म प्लान्ट जडानका लागि चाहिने आवश्यक सामग्री नै अस्पताल पुगेको छैन। मेडिकल सुपरिटेण्डेन्ट डा राईले अस्पतालमा अक्सिजन प्लान्ट जडान नभए बर्बाद भइने बताए। उनले ठेकेदार कम्पनीसँग म्याद थप गरेको भए पनि काम कहिले हुन्छ त्यसको कुनै निश्चित नभएको बताए। ुहामीले ठेक्का सम्झौता गरी एकपटक म्यादसमेत थप गरिसकेका छौं। त्यो ठेक्का रद्द गरी अर्कोलाई दिँदा झन धेरै समय लाग्छ। मन्त्रालयसँग कुरा गर्दा टीकापुर अस्पतालमा मात्रै नभइ देशभरको समस्या यस्तै हो भनेर टार्छु, उनले भने, सरकारले भदौ मसान्तसम्म बजेटको म्याद थपेको छ। हामीले मात्रै ताकेता गरेर केही हुँदैन। मन्त्रालय अक्सिजन प्लान्ट जडानलाई खासै प्राथमिकता नदिएको हो कि ?

    अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले ठेकेदारको धरौटी जफत गर्ने र कालोसूचीमा राख्नेसम्मको काम गर्न सकिने भए पनि मन्त्रालयको आदेश नभएपछि त्यो पनि गर्ने अधिकार नरहेको बताए। अस्पतालले ८९ लाख २७ हजारमा अक्सिजन प्लान्ट जडानको सम्झौता गरेको छ। त्यसको क्षमता २४ घण्टामा ४० अक्सिजन सिलिण्डर रिफिल गर्न सक्ने रहेको अस्पतालले जनाएको छ।

    सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रबहादुर कार्मीले त्यसको बारेमा आफूहरु जानकार नै नभएको बताए। ुपहिले अक्सिजन जडानका लागि हामीले बजेट दिँदा अस्पतालले जारी गरेको टेण्डर रद्द गरी ठूलो प्लान्ट जडान गर्ने गरी सूचना जारी गरेसम्म हामीलाई थाह छु, उनले भने, त्यसभन्दा पछिको काम कारवाही बारे हामीलाई कुनै जानकारी भएको छैन। भदौसम्मको म्याद छ। निर्माण सम्पन्न भए रकम भुक्तानी हामीले गर्ने हो , तर, भदौपछि गए के गर्ने रु भन्ने अहिल्यै नै कुनै टुङ्गो लागिसकेको छैन।

    अस्पतालमा जडान हुने भनिएको अक्सिजन प्लान्टको क्षमता बढाउने भन्दै स्थानीय तहले पनि रकम विनियोजन गरेपछि अस्पतालले पहिलो पटक जारी गरेको सूचना रद्द गरी अर्को सूचना जारी गरेको अध्यक्ष रावलले बताए।

    अक्सिजनको माग धान्न कठिन

    अस्पतालमा अहिले नै अक्सिजनको अभाव हुन थालेको छ। सङ्क्रमणको जोखिम बढ्दै गएपछि अस्पतालले धान्न सक्ने अवस्था हुँदैन। जुनसुकै बेला हात उठाउनुपर्ने बेला आउँदैछ।

    सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने हुँदा तेस्रो लहर आउनुभन्दा अघि नै प्लान्ट जडान गरिनुपर्ने चिकित्सकहरुको भनाइ छ। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल
    नेपालगञ्ज–दिल्ली उडानका लागि प्रयास गर्न आग्रह
    राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा चितवनका नेताहरूको वर्चस्व: शीर्ष पदमा तीन सांसद निर्वाचित
    • प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
    • रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    • रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    • विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.