सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राविधिकसहितका कर्मचारी नहुँदा काम गर्नै मुस्किल


  •    न्युजभित्तो/२८ श्रावण २०७८, बिहीबार १३:४९ 
  • जाजरकोट, २८ साउन । विद्युत्को लाइन विस्तारसँगै आवश्यक प्राविधिकको अभावले काम गर्न नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमा समस्या हुँदै आएको छ । एघार केभी प्रसारण लाइन जिल्ला सदरमुकाममा ल्याउँदै गर्दा १७ कर्मचारीले धानेको काम अहिले लाइन विस्तार तीव्र भइरहँदा कर्मचारीको सङ्ख्या घटेर १३ पुगेको छ ।

    कूल ३० जनाको दरबन्दी भए पनि हाल १३ जना कर्मचारी कार्यरत छन् । तीमध्ये पाँच करार, पाँच ज्यालादारी, तीन स्थायी कर्मचारी कार्यरत रहेको जाजरकोट शाखा प्रमुख विशाल लामिछानेले बताउनुभयो ।

    हाल सदरमुकाममा मात्र कार्यालय रहेकाले गाउँमा लाइन विस्तार भएसँगै त्यहाँका उपभोक्तालाई सदरमुकामसम्म आएर शुल्क बुझाउन समस्या भएको छ । रु १०० सय शुल्क तिर्नका लागि एक हजार खर्च गर्नुपर्ने बाध्यता छ । अहिले छेडागाड नगरपालिकाको मोर्क, नलगाड नगरपालिकाको दल्लीमा नयाँ उपशाखा खोल्ने तयारी भए पनि कर्मचारी नहुँदा समस्या हुँदै आएको छ । लाइन विस्तारको काम तीव्र भए पनि कर्मचारी अभावले गर्दा काम गर्न समस्या हुँदै आएको छ ।

    जाजरकोट, सुर्खेतको आधा भाग, सल्यानको आधा भागसमेत यहाँको विद्युत् प्राधिकरण कार्यालयले नै मर्मत तथा लाइन विस्तारको काम गर्नुपरे पनि सवारीसाधनको नाममा एकथान मोटरसाइकल तथा एकथान थोत्रो गाडी रहेको र स्थलगत कामका लागि पनि व्यक्तिगत सवारीसाधन प्रयोग गरेर खटिनुपरेको कार्यालयका कर्मचारीको गुनासो छ प्रदेशबाट गरिएका ठेक्कामा चरम लापर्बाही भएका कारण काममा ढिलासुस्ती हुँदै आएको छ । पहुँचको भरमा ठेक्का लिने तर बीचमै छोड्दा तोकिएको समयमा काम हुन नसकेको उपभोक्ताको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.