सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नर्सिङ सेवासहितको वृद्धाश्रम निर्माण गरिने


  •    न्युजभित्तो/२८ श्रावण २०७८, बिहीबार १३:१९ 
  • गलकोट, २८ साउन । बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणधीन मानवसेवा आश्रम भवन नजिकै सुविधा सम्पन्न वृद्धाश्रम निर्माण गरिने भएको हो ।

    सुविधा सम्पन्न वृद्धाश्रम निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाको समन्वयमा राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थमन्त्रालयको विशेष अनुदानमा वृद्धाश्रम निर्माण गर्न थालिएको बताइएको छ ।

    बागलुङ नगरपालिकाले हेला होचोमा परेका वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिस्कारमा परेका, स्याहारसुसार नपाएकालाई आश्रय दिनका लागि वृद्धाश्रम निर्माण गर्ने योजना चार वर्ष अघिनै अघि सारेको भए पनि अहिले आएर बजेट विनियोजन भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

    “सकेसम्म वृद्धाश्रम जाने वातावरण नबनोस् भन्ने आम धारण हुन्छ तर पछिल्लो समय वृद्धाश्रम अनिवार्य जस्तै बन्दै गएको विभिन्न स्थानमा सञ्चालनमा आएका आश्रमले देखाउँछ”, उहाँले भन्नुभयो, “घरमा बस्ने वातावरण नभएका, हेला होचामा परेका र संरक्षणको अभाव भएकालाई संरक्षण दिने, ध्यान र योग गर्न सिकाउने र खुशी जीवनयापन गर्न सिकाउने मूल उद्देश्य लिएर वृद्धाश्रम निर्माण गरिन लागेको हो ।” वैदेशिक रोजगारिका लागि युरोप अमेरिका जानेले आफ्ना बुबाआमालाई वृद्धाश्रममा राख्ने गरेको समेत पाइएको छ ।

    आर्थिक वर्ष २०७८÷८९ मा एक तला भवन निर्माण गर्ने योजना रहेको र यसका लागि रु दुई करोड ६७ लाख बजेट विनियोजन भएर आएको छ । भवन निर्माणका लागि तत्कालै ठेक्का प्रक्रियामा जाने बागलुङ नगरपलिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो ।

    निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायाण गुठीको पाँच रोपनी जग्गामा अहिले एक तलाका दुईवटा भवन निर्माण हुनेछ । ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सा, डाइनिङसहित १४ कोठा निर्माण गरिने उहाँले जानकारी दिनुभयो । उक्त गुठीको जग्गामा मानव सेवाआश्रम निर्माण गर्न सात रोपनी जग्गा उपलब्ध गाराइएको बागलुङ नगरपालिकाले जनाएको छ ।

    बागलुङ बजारमा जग्गाको अभाव भएपछि मानव सेवाआश्रम र वृद्धाश्रम दुबैलाई निरयघाटमा रहेको गुठीको जग्गा उपलब्ध गराइएको हो । पाँच रोपनी जग्गामा कम्पाउड, पार्क, ब्यायम केन्द्र, ध्यान गर्ने सभाहलसहितको तीन वटा तीन तले भवन निर्माण भएर आश्रमले पूर्णता पाउन झण्डै रु १२ करोड खर्च हुने इञ्जिनीयर शर्माले बताउनुभयो ।

    “निर्माण गर्दै जाने वृद्धवृद्धा राख्दै जाने नगरपालिकाको योजना हो, वृद्धाश्रम पूरा हुन त समय लाग्ला अहिले १४ कोठाको भवन बन्नेछ” उहाँले भन्नुभयो, “विद्धाश्रममा स्वास्थ्यकर्मीसहितको सेवा हुनेछ, वृद्धाश्रम सञ्चालनका लागि कार्यवृद्धि बनाइनेछ ।” वृद्धाश्रममा अस्थायी रुपमा अभिभावकत्व प्रदान गर्ने गरी वृद्धवृद्धा राख्न सकिनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.