सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनआरएनको सचिवमा बेलायतबाट सिम्खडाको उम्मेदवारी घोषणा


  •    न्युजभित्तो/२८ श्रावण २०७८, बिहीबार १२:२२ 
  • बेलायत,२८ साउन । गैरआवासीय नेपाली संघ (एनआरएन) को १० औं महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशनका लागि एनआरएन अभियन्ताहरुले उम्मेदवारी घोषणा गर्दै आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन । यस्तैमा बेलायत निवासी रामशरण सिम्खडाले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

    हाल एनआरएनको केन्द्रीय सदस्य तथा विधान संशोधन समितिको सहसंयोजक सिम्खडाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    सिम्खडाले गैरआवासीय नेपाली संघमा सुधारका कामले गति लिएपनि अझै धेरै गर्न बाँकी रहेकाले संस्थागत स्थायित्व र विकासको लागि आफ्नो उम्मेदवारी रहने बताए । उनले संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र अग्रजहरुको आग्रहमा उम्मेदवारी दिने निचोडमा पुगेको बताए । सक्रिय सामाजिक अभियन्ता उनी एनआरएन युकेका संस्थापन सदस्य समेत हुन् ।

    धादिङमा जन्मिएका सिम्खडासँग १२ वर्ष अन्तराष्ट्रिय दातृसंस्थासँग काम गरेको अनुभव छ । उनले २७ सयभन्दा बढी संघसंस्था आबद्धता रहेको गैरसरकारी संस्था महासंघको केन्द्रीय कोषाध्यक्ष र कार्यकारी संयोजक, नेपाल जेसिसको केन्द्रीय प्रशिक्षक, बिभिन्न परोपकारी संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारी समालिसकेका छन् ।

    बेलायतमा सन् २००१ मा पुगेका सिम्खडालगायतको सक्रियतामा सन् २००५ मा गैरआवासीय नेपाली संघको स्थापना भएको थियो भने २०१२ मा उनी एनआरएन यूके राष्ट्रिय संयोजक हुँदा अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना भएको थियो ।

    उनले संघभित्र दुई कार्यकाल आइसीसी सदस्य, पटक पटक गरेर विधान संशोधन समितिमा तीन पटक सदस्य र संघको परोपकार समितिमा सदस्य सचिव रहेर आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेका छन् । उनी सन् २०११ को एनआरएनए युकेको निर्वाचनबाट महासचिव बनेका थिए ।

    बेलायतस्थित रेडिङ विश्वविद्यालयमा कार्यरत सिम्खडाको नेपालमा हाइड्रो, बैंकिङ क्षेत्रलगायतका क्षेत्रमा लगानी समेत रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.