सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँका ‘स्पाइनल मस्कुलर एट्रोफ्री’ बिरामी बालकलाई आर्थिक सहयोग


  •    न्युजभित्तो/२८ श्रावण २०७८, बिहीबार ११:५३ 
  • तनहुँ २८ साउन । विश्वमै दुर्लभ मानिएको ‘स्पाइनल मस्कुलर एट्रोफ्री’ रोग लागेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ का नौ महिने बालक मुहम्मद उस्मान अलीको उपचारका लागि बुधबार आर्थिक सहयोग प्राप्त भएको छ ।

    शुक्लागण्डकी–३ का सुरज लम्साल र लम्सालका बुबाको जन्मदिनको अवसरमा लम्सालका पाँच जना साथीको समूह ‘साथीसँग मनका कुरा समूह’ ले उस्मानकी दिदीलाई रु तेह्र हजार पाँच सहयोग गरेको हो । जन्मदिनमा गरिने फजुल खर्च कटाएर साथै अनावश्यक गरिने खर्च जोगाएर उपचारमा छटपटाइरहेका बालक अलीका लागि थोरै भए पनि सहयोग गरिएको बताउँदै सबैले खुला मनले सहयोग गर्नसमेत लम्सालले अपिल गर्नुभएको छ ।

    थोपा थोपाबाट समुद्र बन्ने हुँदा सबैको सहयोग भए बालकको उपचार सम्भव हुने लम्सालले बताउनुभयो । यस्तो किसिमको रोग बिरलै मात्रामा देखिने भएकाले स्थानीयदेखि केन्द्रीय सरकारले आर्थिक तथा सम्पूर्ण उपचारका लागि पहल गर्नुपर्ने उहाँले सो अवसरमा बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.