सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वन नर्सरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह


  •    न्युजभित्तो/२७ श्रावण २०७८, बुधबार ११:२१ 
  • गण्डकी, २७ साउन । वन क्षेत्रको विस्तारसँगै विकास गर्ने लक्ष्यका साथ पोखरा महानगरपालिका–३० खुदीमा वन नर्सरी स्थापना गरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह जागेको छ । लेखनाथ सबडिभिजन वन कार्यालयद्वारा यसै वर्षदेखि सञ्चालित वन नर्सरीले यहाँका स्थानीयवासीमा केही गर्नुपर्छ भन्ने आशा जगाएपछि विभिन्न सङ्घसंस्था एवं स्थानीय बासिन्दाको सक्रियतामा सार्वजनिक तथा निजी जग्गामा वृक्षरोपण अभियान सञ्चालन गरिएको हो ।

    सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले पोखराबाट ओझेलमा परेको लेखनाथ क्षेत्रमा सरकारीस्तरबाटै वन नर्सरी सञ्चालन हुनु आफैँमा महत्वपूर्ण भएको बताउनुहुन्छ । बोटबिरुवा लगाउनका लागि लेखनाथ क्षेत्रमा पर्याप्त जमिन रहेका कारण पनि सञ्चालित नर्सरीले यस क्षेत्रमा वन पैदावारका साथै औषधीय गुणका वनस्पति लगाउने क्रम बढ्ने उहाँले बताउनुभयो ।

    एक÷दुईवटा बिरुवा लिन एक दिन लगाएर डिभिजन वन कार्यालयको नर्सरी पोखरा–१६ मा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै अध्यक्ष लामिछानेले भन्नुभयो, “यसको भरपुर उपयोग गरेर लेखनाथ क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न स्थानीय बासिन्दा लाग्नु पर्छ ।

    पोखरा–३० द्वारा उपलब्ध गराइएको दुई रोपनी सार्वजनिक जग्गामा यसै वर्ष स्थापना गरी सञ्चालनमा आएको वन नर्सरीमा विभिन्न जातका ५० हजार बिरुवा उत्पादन गरिएको लेखनाथ सबडिभिजन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

    नर्सरीमा जडीबुटी प्रजातिका कुरिलो, तेजपात, हर्रो, बर्रो, अमलालगायतका १० हजार र निमारो, लप्सी, रिठ्ठा, गुलमोहर, राइखनियो, इपिलइपिल, नासपाती, हलुवावेद, अम्बालगायतका ४० हजार बिरुवा उत्पादन गरेर वितरण गरिएको उहाँको भनाइ छ ।

    उहाँका अनुसार गण्डकी प्रदेश सरकार वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय, वन निर्देशनालय र डिभिजन वन कार्यालय कास्कीको सहयोगमा नर्सरी स्थापना गरी बिरुवा उत्पादन गर्न आर्थिक वर्ष २०७७÷७८ मा रु ५० हजार प्राप्त भएको थियो ।

    पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सञ्चालनका लागि अप्ठेरो परेका कारण कटिङ गरिएको रिठ्ठेपानी डाँडाको माटो लगेर वडा कार्यालयले उपलब्ध गराएको गहिरो जग्गालाई पुरेर नर्सरी स्थापना गरिएको बताउँदै उहाँले भन्नुभयो, “सुक्खा मौसममा पुरिएको जग्गा बर्सातको समयमा भने नर्सरीभरि पानी जमेको छ । विश्वकर्माका अनुसार नर्सरीमा उत्पादन गरिएका अधिकांश बिरुवा वितरण भइसकेका छन् । विशेषगरी उत्पादित बिरुवा सामुदायिक वन समूहको खाली जग्गामा वृक्षरोपण गरिएको छ ।

    “सामुदायिक वन उपभोक्ता महासङ्घको साप्ताहिकरूपमा मनाइएको सामुदायिक वन दिवसका अवसरमा चापापानी चिसाकुना सामुदायिक वनमा आयोजित वृक्षरोपण कार्यक्रममा वन नर्सरीबाट २०० बिरुवा निःशुल्क उपलब्ध गराइएको हो”, उहाँले भन्नुभयो, “अर्को वर्षदेखि मागका आधारमा विभिन्न जातका बिरुवा उत्पादन गर्ने तयारी भइरहेको छ ।”

    ‘सामुदायिक वनको सम्पत्ति, समृद्धि, प्रकृति र संस्कृति’ भन्ने मूल नाराका साथ सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश, जिल्ला महासङ्घ कास्की, स्थानीय महासङ्घको संयुक्तरूपमा आयोजित वृक्षरोपण कार्यक्रममा अमला, वडहर, कटहर, हर्रो, बर्रो, हलुवावेद, तेजपात, नासपातीलगायत विभिन्न जातका २०० वटा बिरुवा रोपिएको चापापानी चिसाकुना सामुदायिक वन उपभोक्ता समूहका सचिव सीता सापकोटाले जानकारी दिनुभयो ।

    लेखनाथ सबडिभिजन कार्यालयको पक्की भवन

    वन नर्सरीसँगै लेखनाथ सबडिभिजन कार्यालयको पक्की भवन निर्माण सम्पन्न भएको छ । पोखरा महानगरपालिका–३० मा प्राप्त जग्गामा डेढतले पक्की भवन निर्माण गरी कार्यालय सञ्चालनमा आएको हो । नेपाल सरकारको रु ६० लाख लागतमा निर्माण सम्पन्न भएको सो भवनमा एउटा हलसहित चार कोठा छन् ।

    एकै स्थानमा नयाँ भवन निर्माणसँगै वन नर्सरी स्थापना गरी सञ्चालनमा आएपछि सेवाग्राहीलाई सुविधा पुगेको छ । उक्त सबडिभिजन कार्यालयअन्तर्गत पोखरा महानगरपालिकास्थित लेखनाथ क्षेत्रका वडा नं २६ देखि ३३ सम्मका आठवटा वडा कार्यक्षेत्र रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.