चितवनमा दुई मोटरसाइकल ठोक्किदा एकको मृत्यु, दुई घाइते
न्युजभित्तो/२६ श्रावण २०७८, मंगलवार १४:२७
चितवन,२६ साउन । चितवनमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
आज (मंगलबार) दिउँसो १२:३० बजे ईच्छाकामना गाउँपालिका ३ कुरिनघाटमा काठमाडौंबाट मुग्लिनतर्फ आई रहेको बा ४६ प ३२० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट गईरहेको ग १६ प ५५३१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ग १६ प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङजाको पुतली बजार नगरपालिका ४ का २६ वर्षीय सुशील पोख्रेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका पोख्रेलको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा बा ४६ प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुरको कौवादुङमा गाउँपालिका ४ का २४ वर्षीय सन्दीप सन्दिप बस्नेत र सोही मोटरसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय जय कार्की घाइते भएका छ्न् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते दुबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।