सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एन्टीजेन परीक्षण नगरेपछि यात्रु नलिई दुबई उड्यो एयरलाइन्सको जहाज


  •    न्युजभित्तो/२६ श्रावण २०७८, मंगलवार १३:१४ 
  • काठमाडौं, २६ साउन । दुबई जानका त्रिभुवन विमानस्थल पुगेका लागि केही यात्रुहरू फर्केका छन् । विमानस्थल पुगेका उनीहरू जहाज चढ्न नपाई फर्केका हुन् । हिमालय एयरलाइन्सको जहाजमार्फत् संयुक्त अरब इमिरेट्सको दुबई जान लागेका उनीहरुलाई अन्तिम समयमा उडान नम्बर ९५६५ मा कुनै यात्रु पनि स्वीकार नगरेको सुचना आएको थियो ।

    संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो देशमा प्रवेश गर्नेहरूका लागि तोकेका मापदण्ड पूरा गर्न नसक्दा यात्रुहरू विमानस्थलबाट फर्किनु परेको हो।

    युएईले आवासीय भिसा भएका र कर्मचारीहरूका लागिमात्रै आफ्नो देशमा प्रवेश अनुमति दिएको छ। त्यसका लागि उडान समयभन्दा चार घन्टाअघि एन्टीजेन परीक्षण, ४८ घन्टा अघिको पिसिआर परीक्षण रिपोर्ट चाहिन्छ।

    त्रिभुवन विमानस्थलमा एन्टीजेन परीक्षणको व्यवस्था छैन। विमानस्थलका प्रमुख प्रताप तिवारीले युएईको दूतावासले हप्ता दिनअघि आफ्नो देश प्रवेश गर्न चाहनेका लागि विमानस्थलमा एन्टीजेन परीक्षण गर्नुपर्ने जानकारी गराएको बताएका छन् ।

    यात्रुहरुले ८१० दिनअघि एन्टीजेन परीक्षण गर्नुपर्ने थियो तर उनीहरुले परीक्षण नगरेको तिवारीले बताए । चार घन्टाअघि यात्रुको एन्टीजेन परीक्षण गर्न नसक्ने भएपछि सोमबार राति राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको जहाज पनि खाली नै दुबई उडेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.