सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा दस्तखत किर्ते तथा चोरीमा संलग्न ३ जना पक्राउ


  •    न्युजभित्तो/२६ श्रावण २०७८, मंगलवार ११:०४ 
  • चितवन,२६ साउन । चितवनमा दस्तखत किर्ते तथा चोरीमा संलग्न ३ जना पक्राउ परेका छन् । प्रहरिले चितवनका विभिन्न ठाउँबाट चोरी गरेको आरोपमा एक जना र चोरी र सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको हो ।

    चोरिको आरोपमा प्रहरिले राप्ती नगरपालिका वडा न.१२ धाङवाङगैरी घर भई हाल रत्ननगर नगरपालिका वडा न. ९ जानकीटोल बस्ने २८ वर्षीय केशव प्रजालाई रत्ननगर नगरपालिका र कालिका नगरपालिकाका विभिन्न ७ स्थानबाट ८ लाख ९९ हजार ९६१ रुपैयाँ चोरी गरेको आरोपमा नगदसहित पक्राउ गरेको हो ।

    उनले विभिन्न मितिमा रातको समयमा घर कोठामा मानिसहरु सुतिरहेको मौका पारी घर भित्र प्रवेश गरी नगद तथा सुनका गरगहनाहरु चोरी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई चोरी सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतवाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    त्यस्तै जिल्ला अदालत चितवन र धादिङको दुई वर्ष अघिको फैसलामा वन पैदावर चोरी र सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार रहेको दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

    २ लाख ६ हजार ९६० जरिवाना तोकिई फरार रहेका प्रतिवादी खैरहनी नगरपालिका वडा नम्बर १ का ३० वर्षीय बिनोद बुर्लाकोटी र सरकारी छाप दस्तखत किर्ते मुद्दामा एक वर्ष कैद र नगद ५० हजार जरिवाना तोकि फरार रहेका चितवन चैनपुर गाविस वडा नम्बर २ घर भई हाल खैरहनी नगरपालिका वडा नम्बर २ बस्ने २६ वर्षीय संजोग भट्टलाई पक्राउ गरेको हो । दुवै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.