सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक महिनामै राउटे वस्तीका ३ जनाको मृत्यु, स्वास्थ्यजाँच गर्दा देखियो उनीहरुमा छालासम्वन्धी, उच्च रक्तचाप र मदिरामुख्य समस्या


  •    न्युजभित्तो/२६ श्रावण २०७८, मंगलवार १०:५५ 
  • सुर्खेत, २६ साउन । नेपालकै लोपोन्मुख समूदायको रुपमा रहेको राउटे समुदायमा एक महिनाभित्र तिन जनाको मृत्यु छ । यसरी मृत्यु भएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले वस्तीमै पुगेर उनीहरुको स्वास्थ्य जाँच गरेको हो ।

    राउटे समुदायका दलबहादुर शाही, मानसिंह शाहीको एक साताको अन्तरमा मृत्यु भएको थियो । त्यसअघि गुर्भाकोटमा एक बालकको मृत्यु भएपछि उनीहरु सल्यान र सुर्खेतको सीमानामा पर्ने कालीमाटी गाउँपालिकाको काल्चेमा बसाईं सरेका थिए ।

    राउटे समुदायका ५० जनाभन्दा बढीको स्वास्थ्यजाँच गरेको जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले जानकारी दिएका छन् । उनका अनुसार केही राउटे समुदायका व्यक्तिहरु भने स्वास्थ्य जाँचको आएनन् । धेरै बालबालिकाहरु कुपोषित देखिएको र उनीहरुमा बढी घाउचोट लाग्ने गरेको पाइएको उनले बताए । उनीहरुले बालबालिकालाई जुकाको औषधि पनि खुवाएका थिए । उनीहरुमा छालासम्वन्धी, उच्च रक्तचाप र मदिरा मुख्य समस्या देखिएको वाग्लेले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.