सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेस्सीको बहिर्गमन बार्सिलोनाका लागि आशीर्वाद हुन सक्छ


  •    न्युजभित्तो/२६ श्रावण २०७८, मंगलवार १०:४२ 
  •  काठमाडौं,२६ साउन । लिओनल मेस्सी जत्तिको क्षमता भएको खेलाडीलाई कुनै पनि क्लबले अस्वीकार गर्दैन । तर आर्थिक संकटका कारण बार्सिलोनाबाट मेस्सीको बहिर्गमनपछि उनको घट्दो गुणस्तरको कुनै शंका गर्नुको सट्टा क्याटलान क्लबलाई फेरि क्लब सेट गर्ने मौका दिएको छ । र, फेरि एकपटक चर्चित ला मासिया एकेडेमीमा केन्द्रित हुन अवसर दिनेछ ।

    रोनाल्ड कोएमनले गत वर्ष बार्सिलोनाको आर्थिक सीमिततालाई पहिचान गर्दै विभिन्न युवा खेलाडीहरुमा विश्वास देखाएका थिए । उनले पेड्री रोनाल्डो रअउजो ओस्कार मिङगुएजा इलाइक्स मोरिबा जस्ता खेलाडीमा विश्वास देखाए ।

    मेस्सीको अनुपस्थितिमा युवा खेलाडीहरुलाई ल्याउने प्रक्रिया नि:सन्देह छिटो हुनेछ ।

    मेस्सी जस्तो खेलाडी हुनुको अर्थ बार्सिलोनाले प्रतिस्पर्धात्मक खेल्ने र च्याम्पियन्स लिग जित्ने आकांक्षा राख्नु हो । अब ३४ वर्षीय मेसीले क्याम्प नोउबाट आफ्नो बिदा घोषणा गरिसके । अब बार्सिलोनाले अधिक यथार्यवादी लक्ष्यहरु राख्न सक्छ ।

    प्रि-सिजनको सकारात्मक पक्ष

    बार्सिलोनाको आर्थिक यस्तो गडबडी छ कि यो स्पष्ट छैन यदि नयाँ अनुबन्ध गरिएका मेम्फिस डिपाए, एरिक गार्सिया, सर्जियो अगुएरो र इमर्सन रोयल यसै साता शुरु हुने ला लिगामा रियल सोसिडाडविरुद्धको खेलमा दर्ता गर्न सक्षम हुनेछन् ।

    मेस्सीपछि ट्रान्सफर विन्डोमा अझै केही खेलाडीले बार्सिलोना छाड्न सक्नेछन् । ७० प्रतिशत तलब दिँदा पनि बार्सिलोनाको अझै ९५ प्रतिशत राजस्व खेलाडीको तलबमै खर्च हुनेछ ।

    तर यो प्रिसीजनले देखाएको छ कि क्लबका धेरै युवा खेलाडीहरु अगाडि बढ्नका लागि तयार छन् ।

    गाभी, निको गोन्जालेज, अलेजान्द्रो बाल्डे र युसुफ डेमिर सबैले राम्रो सम्भावना देखाएका छन् । उनीहरुलाई २०२१/२२ मा कोएमनले प्रयोग गर्न सक्नेछन् । किनकि बार्सिलोना क्याम्प नोउमा नयाँ युमा प्रवेश गर्दैछ । वर्तमानभन्दा पनि भविष्यको लागि हेरिरहेको छ ।

    बार्सिलोनाले पेप ग्वार्डिओला युगमा विश्वभरबाट प्रशंसा कमाएको थियो । त्यो उनीहरुको असाधारण फुटबल को लागि मात्र नभई जुन तरिकाले ला मासियाका खेलाडीहरु टिम बनाइएको थियो त्यसका लागि पनि थियो ।

    अहिले क्लब आर्थिक संघर्षबाट गुज्रिरहेको छ र यो चाँडै समाधान हुने सम्भावना छैन । कोएमनले बार्सिलोनामा एक नयाँ रुपको टिमको खाका बनाउनका लागि तयार छन् ।

    बार्सिलोनाले अर्को सिजन च्याम्पियन्स लिग जित्नको लागि आफ्नो प्रतिक्षा समाप्त गर्ने धेरै सम्भावना छैन । बार्सिलोनाले २०१५ पछि च्याम्पियन्स लिग ट्रफी जित्न सकेको छैन । तर गत सिजनले देखाएको छ कि युवा खेलाडीहरुले युरोपमा खेलेर प्राप्त गर्न सक्ने अनुभवले मात्र उनीहरुलाई फाइदा पुग्दैन । तर क्लबले पनि क्याटलानाको रुपमा आफ्नो इतिहासमै सर्वश्रेष्ठ खेलाडी लिओनल मेस्सीविनाको जीवन समायोजन गर्नका लागि अगाडि बढ्नुपर्छ ।

    मार्काको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.