सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेतीको कटानले आठ गाउँ उच्च जोखिममा


  •    न्युजभित्तो/२६ श्रावण २०७८, मंगलवार १०:२७ 
  • डोटी, २६ साउन । सेती नदीको बाढीले वर्षेनी कटान गर्दा जिल्लाका आठव गाउँ उच्च जोखिममा पर्दै आएका छन् । नदी नियन्त्रणका लागि तालजालीको प्रयोग गरिए कटान रोकिएको छैन । कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारीदाङका बस्ती उच्च जोखिममा पर्दै आएका छन् । ती क्षेत्रमा बसोबास गर्ने नागरिक वर्षात्को समयमा घरमा राम्रोसँग सुत्नसमेत नसक्ने अवस्थामा रहेको स्थानीयवासीको गुनासो छ ।

    जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालय दिपायल राजपुरले नदी नियन्त्रणका लागि वर्षेनी लाखौँ रकमका तारजाली लगाउने गरेको भए पनि समस्या समाधान हुन नसकेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका दीलबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “नदी नियन्त्रणका लागि जलउत्पन्न कार्यालयले लाखौँका तारजाली त हाल्छ, नदीको बाढीले असार–साउन महिनामै बगाउँछ, अनि जमिन फेरि कटान हुन सुरु गर्छ, हाम्रा पीडा उस्तै ।”

    सेतीको बाढीले वर्षेनी आफ्नो धार परिर्वतन गर्दै बस्ती भएर बग्न थालेका कारण यहाँ वर्षेनी जोखिम बढ्दै गएको छ । पानीको बहाव पनि निकै बढ्ने भएकाले कतिबेला बाढीले बगाउने हो भन्ने चिन्ताले पिरोल्ने गरेको दिपायल सिलगढी–१ सिरखोलीसैनका स्थानीयवासी लक्ष्मण साउदले बताउनुभयो । जिल्लाको शिखर नगरपालिका–१० बनलेग र ११ बारपाटामा वर्षेनी वर्षाको समयमा बाढीपहिराले निकै दुःख दिने गरेको स्थानीवासी बताउँछन् । सेतीमा पानीको बहाव बढेसँगै रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ ।

    शिखर नगरपालिका–२ कालागाढका रामबहादुर कर्कीले दिपायल, बानीडुग्रीसैन, सिरखोलीसैन, कालागाढ, रामपुर, गेरुपानी, घोलतडा नारिदाङलगायतका बस्तीमा जमिन नदीले कटान गर्न थालेको भए पनि सम्बन्धित निकायले रोकथामका लागि ठोस पहल नगर्दा समस्या हुन थालेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “नदीले धार परिवर्तन गरेर दैनिक खेतबारी बगाउँदै आएको छ, रोकथामका लागि ठोस पहल भएको छैन ।”

    यस वर्षको भारी वर्षात्कै कारण जिल्लाका ग्रामीण क्षेत्रका एक दर्जन बढी सडक अवरुद्ध भएका छन् । जिल्लाका विभिन्न २२ ठाउँलाई प्रकोपको हिसाबले उच्च जोखिममा राखेर प्रतिसमुदायमा १२ जनालाई उद्धारकर्ताको तालिम र आवश्यक सामग्री दिई आधारभूत खोज तथा उद्धार सामग्री केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका महासचिव देवबहादुर बोहराले जानकारी दिनुभयो ।

    जिल्लाको कति प्रतिशत भूभाग पहिराको उच्च जोखिममा छ भन्ने यकिन तथ्याङ्क भने कुनै पनि निकायसँग छैन । जिल्लामा रहेका उच्च पहाडी तथा यसअघि हुँदै आएका दैवी प्रकोपका घटनाका आधारमा जोखिमयुक्त ठाउँ पहिचान गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी मधुकृष्ण पौड्यालले जानकारी दिनुभयो । जिल्लामा विसं २०७२ साउन २३ गते ठू्लो पानी पर्दा खसेको पहिराका कारण सायल गाउँपालिका–४ बावनसेनमा एकै परिवारका पाँचसहित छ जनाको ज्यान गएको थियो भने सयौँ रोपनी खेतीयोग्य जमिन, पशुचौपाया बाढीले बगाएको थियो । यस वर्ष बाढीपहिराका कारण साउनसम्म पाँच जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.