सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँमा बस दुर्घटना, ७ जना घाइते, १ जनाको अवस्था गम्भीर


  •    न्युजभित्तो/२५ श्रावण २०७८, सोमबार १२:४३ 
  • तनहुँ २५ साउन । सोमबार बिहान तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । दुर्घटनामा तनहुँ व्यास नगरपालिका १० की २९ वर्षीय अप्सरा पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा पोखराका ५० वर्षीय नवीनकुमार केसी, तनहुँ म्याग्देका ३५ वर्षीय दिपक विक, उनका ११ वर्षीय छोरा विश्वास विक, म्याग्देकै ८० वर्षीय आइतमाया नेपाली, तनहुँकै २८ वर्षीय सबिन ठकुरी र तनहुँ भानु नगरपालिका ४ बस्ने २७ वर्षीय राजकुमार बिक सामान्य घाइते भएका छन् ।

    बस आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको प्रहरीको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.