सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संस्थापन इतरका काँग्रेस सभापतिहरुको भेला काठमाडौंमा


  •    न्युजभित्तो/२५ श्रावण २०७८, सोमबार ०९:२७ 
  • काठमाडौं, २५ साउन। विधिसम्मत १४ औं महाधिवेशनका लागि दवाव दिन नेपाली कांग्रेसको संस्थापनइतर समूहका जिल्ला सभापतिहरुको भेला आज बस्दैछ । क्रियाशील सदस्यता विवाद टुंगो नलागेको, तल्लो तहको अधिवेशन प्रभावित भएको र महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न ढिलो भएको भन्दै जिल्ला सभापतिहरु छलफलमा जुटेका हुन् ।

    भेलाको संयोजन नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसी र काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बानियाँले गरिरहेका छन् । भेलामा सहभागी हुन देशभरका झण्डै ४० जिल्ला सभापति काठमाडौं आएको बुझिएको छ ।

    भेलाको संयोजन गरिरहेका नुवाकोट कांग्रेसका सभापति केसीले पार्टीभित्र पछिल्लो समय चर्चामा रहेका विषयमाथि छलफल गरेर साझा धारणा बनाउन खोजिएको बताउनुभयो।

    ‘पार्टी अत्यन्तै कमजोर अवस्थामा छ । महाधिवेशन समेत गर्न नसक्ने अवस्था छ । क्रियाशील सदस्यतामा मनपरी गरिएको छ । जिल्ला सभापतिलाई समेत गुमराहमा राख्न खोजिएको छ । यिनै विषयमा हामी छलफल गर्नेछौ,’ केसीले भन्नुभयो।

    भेला औपचारिक नभए पनि काठमाडौंमा उपलब्ध हुने सभापतिहरुको उपस्थिति रहने र निष्कर्षबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराइने केसीले जानकारी दिनुभयो । काठमाडौंको ठमेलस्थित होटल यात्रीमा हुने बैठक २ दिन चल्नेछ । आज जिल्ला सभापतिहरुले छलफल गरेर निष्कर्ष निकाल्नेछन् । भोली वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुसमेत भेलामा सहभागी भएर छलफल गर्ने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.