सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारी कार्यालयका हरेक गतिविधि बाहिर देख्न सक्ने गरी सीसीक्यामेरा राख्न माग : खिमलाल देवकोटा


  •    न्युजभित्तो/२४ श्रावण २०७८, आईतवार १५:५१ 
  • काठमाडौं,२४ साउन । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले सरकारी कार्यालयका हरेक गतिविधि बाहिर देख्न सक्ने गरी सीसीक्यामेरा राख्न माग गरेका छन् ।

    आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै डा। देवकोटाले संघीयदेखि स्थानीय तहसम्मका हरेक सरकारी निकायबाट हुने कामकारबाही र गतिविधि जनताले थाहा पाउने गरी सीसीक्यामेरा राख्न सरकारलाई सुझाव दिएका हुन् ।

    शासनसत्ता फेरिए पनि जनताले अपेक्षा गरे अनुसार सेवा प्रवाह फेरिन नसकेको बताउँदै उनले भनेका छन्, ‘यत्रो शासन व्यवस्था परिवर्तन भयो । तर, जनताले अपेक्षा गरेअनुसारको सेवा पाएनन् भन्ने ठूलो गुनासो छ,’ उनले भने ।

    सेवा प्रवाहमा सुधारका लागि राज्यका हरेक अंग निरन्तर क्रियाशील र रचनात्मक हुनुपर्ने उनले बताएका छन् । पारदर्शी र जवाफदेहिता पनि त्यत्तिकै आवश्यक रहेको उनको भनाइ छ ।

    सेवा प्रवाहमा सुधारका लागि डा. देवकोटाले सरकारलाई दिएको सुझाव

    ‘एउटा काम यो सरकारले गरोस् अध्यक्ष महोदय, हाम्रै अध्यक्ष र संसद सचिवालयले पनि लागू गरे हुन्छ । हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्तकोठामा बसेर गरेका कामकारबाही कोठा बाहिर पनि देखिने गरी सीसीक्यामेरा राखियोस् । गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि दिएन । शासकहरु पारदर्शी भएनन् । गुप्त कोठाको अनुहार जनताले देख्न पाउनुपर्छ । पारदर्शी मात्रै भएको भए राष्ट्रपति कार्यालयले रातारात कागजहरु मिलाएर राति २ बजे संसद विघटन गर्ने हिम्मत गर्ने थिएन ।

    सीसीक्यामेराका केही फाइदा :

    •  यसले अनावश्यक भेटघाट रोक्छ
    •  समयमा नै कार्यालय पुग्ने बानीको विकास हुन्छ
    •  कार्यालय छोडेर एनजीओ, आईएनजीओको कार्यक्रम र अनावश्यक रुपमा रिबन काट्न जाने बानीमा सुधार ल्याउँछ
    •  बिचौलियाहरुसँगको उठबस घट्छ
    •  राति–राति कार्यालयमा बसेर नीतिगत भ्रष्टाचार र ठेक्कापट्टाका कागजपत्र मिलाउने जस्ता कानून विपरीतका काम गर्ने प्रवृत्तिको अन्त्य हुन्छ
    •  निर्णय प्रवाहमा हुने ढिलासुस्तीलाई रोक्छ
    •  कार्यालयमा बसेर लोकसेवाको प्रश्नपत्र बनाउने लगायतका कामहरु बन्द हुन्छ
    •  चिया गफ र सामाजिक सञ्जालमा रमाउने प्रवृत्तिमा कमी ल्याउँछ
    •  पीएहरुले अनावश्यक दुःख दिने प्रवृत्तिको अन्त्य हुन्छ
    •  दूरदराजदेखि समस्याको पोको लिएर आउनेले सयममा नै भेटेर गुनासो पोख्न पाउँछन्
    •  र सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ता लगायतहरुको निरन्तर निगरानीले जवाफदेही भावनाको विकास हुन्छ

    अन्त्यमा, यो विधि संघीयदेखि स्थनीय तहसम्मका हरेक निकाय र कार्यालयमा लागू गरौं । यो विधिमा खासै खर्च लाग्दैन । सामान्य खर्चले पनि पुग्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.