सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोलिदेखि चितवनमा के सञ्चालन गर्न पाईने के नपाईने ?


  •    न्युजभित्तो/२४ श्रावण २०७८, आईतवार १५:०५ 
  • चितवन, २४ साउन । जिल्ला प्रशासन कार्यालय चितवनले आज आईतबार रातीदेखि चितवनको निषेधाज्ञामा कडाई गरेको छ । यस अघि सञ्चालन गरिंदै आएका सवारी र पसलहरु अब नियमित सञ्चालन गर्न पाईने भएको हो ।

    प्रशासनद्वारा जारी सूचना निम्न अनुसार सञ्चालन गर्न पाईने व्यवस्था गरिएको छ :

    • खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा–मासु, अण्डा, चल्ला, दाना, खाना पकाउने ग्याँस सम्बन्धी, एग्रोभेट, बिउबिजन, रासायनिक मल र भेटेनरी औषधि, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्रै सञ्चालन गर्न पाईने छ ।
    • इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल, भाँडा पसल, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर तथा फर्निसिङ, अटोमोर्बाल, मोटरपाट्र्स, जुत्ता, चप्पल, टेलरिङ, पुस्तक तथा स्टेशनरी, वर्कशप, निर्माण सामग्री लगायतका व्यापारिक पसल आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाईने ।
    • खाजा घर, रेष्टुरेन्ट र मिठाई पसलहरु दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाईने ।
    • बैंक तथा वित्तिय संस्था र सहकारीहरुले सेवा सञ्चालन गर्न पाईने तर घरदैलोमा गई रकम संकलन तथा समूह भेला गर्न नपाईने ।
    • उद्योग कलकारखानाको हकमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्ने । नियमित कामदारहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने ।
    • होटल/लज सञ्चालन सम्बन्धमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी कूल कोठा संख्याको एक तिहाई नबढ्ने गरी सञ्चालन गर्न पाईने ।
    • जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधन जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधन सञ्चालन गर्न पाईने छ । तर सिट क्षमताभन्दा बढी यात्रु राख्ने पाईने छैन । सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्नेछ । मास्क नलगाउने यात्रुहरुलाई सवारीमा प्रवेश गर्न नदिईने । चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउनु पर्ने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.