सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गणतन्त्र, धर्मनिरपेक्षता र संघियताका बिषयमा पुर्नबिचार गर्नु पर्छः अध्यक्ष थापा


  •    न्युजभित्तो/२४ श्रावण २०७८, आईतवार १४:२१ 
  • चितवन, २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघियताको विषयमा पुर्नबिचार गर्नुपर्ने बताउनुभयो । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नुहुँदै पात्र फेरीदैमा दल फेरीदैंमा देशको सुधार नहुने बताउनुभयो ।

    उहाँले भन्नुभयो “पछिल्लो राजनैतिक परिवर्तन पछि देश जुन बाटोमा अघि वढ्यो त्यसले देशमा शान्ति, स्थायीत्व र सम्बृद्धिको लक्ष्य हाँशिल गर्न सकेन । अव बिचार नै परिवर्तन गर्न जरुरी छ ।” सरकारको नेतृत्व परिवर्तन हुँदैमा देशमा शान्ति स्थायीत्व र सम्बृद्धिको यात्रा पुरा नहुने भन्दै उहाँले यसका लागि बाटो र बिचार नै परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । अहिलेको पद्धती नै असफल भई सकेको देशका पछिल्ला घटना क्रमहरुले देखाएको उहाँको जिकिर थियो ।

    “झण्डै दुई तिहाईको नेतृत्व गरेको नेकपाको गठवन्धन सरकार असफल हुनुले पनि अहिलेको सिस्टमनै गत छ भन्ने हाम्रो भनाई हो ।”उहाँले थप्नुभयो । अहिले राप्रपा यीनै कुराहरुलाई लिएर जनतामाझ जान लागेको उहाँले बताउनुभयो । अहिलेको पद्धतीमा सुधार गर्नुपर्ने कुराहरु लिएर जनतामाझ गईरहेका छौ उहाँले भन्नुभयो“यीनै मुद्धाका साथ पार्टीको महाधिबेशन, संगठन निर्माण र स्थानीय निर्वाचनमा जाने तयारीमा छौ ।”

    फरक प्रसंगमा बोल्दै अध्यक्ष थापाले महाकाली नदीमा तुईन काटेर जयसिंह धामिको निधन हत्या गरिएको घटना प्रति भारत सरकारले सार्बजनीक रुपमा माफी माग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “भारत सरकारले नेपाली जनतामाझ सार्बजनीक रुपमा माफि माग्नु पर्छ । पिडितलाई राहत र दोशीलाई कारवाही गर्नु पर्छ ।” घटनाको बिषयमा नेपाल सरकार वोल्न नखोज्नु दुखत रहेको उहाँको भनाई थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.