सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनशक्ति अभावमा एक वर्षदेखि थन्कियो आइसियू र भेन्टिलेटर


  •    न्युजभित्तो/२४ श्रावण २०७८, आईतवार १३:४१ 
  • पर्वत,२४ साउन । आवश्यक दक्ष जनशक्तिका अभावमा जिल्ला अस्पतालमा रहेका सघन उपचार कक्ष (आइसियू) र भेन्टिलेटटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच श्यया आइसियू र तीन भेन्टिलेटर छन् । अत्यावश्यक सेवा बिरामीले उपभोग गर्न पाउँदैनन् । अस्पतालमा हालसम्म छ जना कोरोना सङ्क्रमितको मृत्युसमेत भइसकेको छ ।

    सङ्क्रमितको अवस्था नाजुक बन्दै गएमा त्यस्ता बिरामीलाई आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भए पनि जनशक्ति अभावले उपयोगविहीन बनेका हुन् । एक वर्षअघि एक करोड ६० लाखका लागतमा आइसियू र भेन्टिलेटर जडान सम्पन्न भएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा सेवा विस्तार गर्न समस्या भएको बताउनुभयो । “ आइसियू र भेन्टिलेटर सञ्चालन गर्नका लागि अहिले हामीसँग उपलब्ध रहेका चिकित्सकबाट सम्भव नहुने रहेछ । यसका लागि एनेस्थेसियालिस्ट तथा विशेष तालिम लिएका नर्सको आवश्यकता हुने रहेछ”, उहाँले भन्नुभयो, “जनशक्ति नहुँदा हामीलाई समस्या भएको छ ।” यसअघि यसका लागि आवश्यकपर्ने जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले विज्ञापन गरे पनि आवेदन नपरेका कारण परिपूर्ति गर्न नसकिएको अध्यक्ष पहाडीले बताउनुभयो ।

    यसका लागि प्रदेश सरकारले विशेष ऐन नै बनाएर दक्ष जनशक्ति पदपूर्ति गरिदिन मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई समेत माग गरिएको उहाँले जानकारीदिनुभयो । प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले हालै सात जनरल फिजियिसन र १२ एनेस्थेसियाका लागि विज्ञापन गरेको थियो । यसमा छनोट भएकालाई पर्वतसहित प्रदेशका अन्य जिल्लाका अस्पतालमा पनि खटाउने तयारी प्रदेशको रहेको थियो । जनशक्ति व्यवस्थापनको काम प्रक्रियागतरूपमा चलिरहँदा सङ्क्रमण दर बढिरहेको छ । स्वास्थ्य संस्थामा यस्ता जनशक्तिको आवश्यकता पर्दै जान थालेको अस्पतालका डा ढुण्डिराज पौडेलले बताउनुभयो । उहाँका अनुसार भेन्टिलेटर सञ्चालनका लागि नवौँ तहको एनेस्थेसियालिस्ट वा इन्टरनल मेडिसिनमा एमडी गरेको जनशक्ति आवश्यक पर्छ । जिल्लामा यस्तो जनशक्ति आउन मान्दैनन् । उनीहरुलाई कम्तीमा महिनामा रु तीन लाखभन्दा बढी तलब दिएर ल्याउन सक्ने हो भने मात्रे आइसियू र भेन्टिलेटर सञ्चालन गर्न सकिन्छ । बेसिक तलब रु ४५ हजार खाएर मात्र कोही आउन नमान्ने उहाँको भनाइ छ ।

    जिल्ला अस्पतालमा केही महिना पहिले शुरु गरिएको अक्सिजन प्लान्टले भने राम्रो उत्पादन दिइरहेको जनाउँदै जिल्लामा एक दिनमा कम्तीमा पनि ५० बिरामीलाई एकैपटकमा अक्सिजन आपूर्ति गर्न सकिने भए पनि अन्य उपचार सेवा पनि प्रभावकारी नभएको जनगुनासो रहेको छ । अस्पतालमा रहेको अक्सिजन प्लान्टले दैनिक १६ सिलिन्डर उत्पादन गर्नसक्ने र अहिले पनि आवश्यकता परेको अवस्थामा उत्पादन गर्ने गरिएको छ । श्ययाको अस्पताल अहिले ५० श्यामा स्तरवृद्धि गर्ने कार्य भइरहेको छ । जनशक्ति अभावले पुरानै उपकरण थन्किएका अवस्थमा फेरि दुई भेन्टिलेटर थप हुने भएका छन् । लायन्स क्लबले थप दुई भेन्टिलेटर सहयोग गर्न थालेको अस्पतालले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल
    नेपालगञ्ज–दिल्ली उडानका लागि प्रयास गर्न आग्रह
    राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा चितवनका नेताहरूको वर्चस्व: शीर्ष पदमा तीन सांसद निर्वाचित
    • प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
    • रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    • रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    • विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.