सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दार्चुला तुइन प्रकरण : छानविन समिति सोधपुछमै केन्द्रीत


  •    न्युजभित्तो/२४ श्रावण २०७८, आईतवार १३:२१ 
  • काठमाडौं,२४ साउन । महाकाली नदी तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काएपछि ब्यास गाउँपालिका–२ का युवा जयसिंह धामी बेपत्ता भएको घटना छानविन गर्न गठन गरिएको समिति अहिले दार्चुलामा छ ।

    गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले शुक्रवार पीडित परिवारसँग भेटघाट गरिरहेको छ । सदरमुकाम खलंगामा रहेको छानविन समितिले घटनाका प्रत्यक्षदर्शी र राजनितिक दलका प्रतिनिधिहरूसँग पनि कुराकानी गरिरहेको छ ।
    ‘शुक्रवार पीडित परिवार कहाँ गएका थियौं, पीडित परिवार र गाउँलेका कुरा पनि सुन्यौं’ समितिका संयोजक सहसचिव जनार्दन गौतमले भने, ‘सदरमुकाममा प्रत्यक्षदर्शीसँग कुरा गरेका छौं ।’

    सहसचिव गौतम नेतृत्वको छानविन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छिन् । साउन १७ मा गठन गरिएको समितिलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन समय दिइएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए ।

    तुइनबाट भारत हुँदै आफ्नो घर जान लाग्दा खसेर बेपत्ता ब्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको अवस्था अझै अज्ञात छ । घटना छानवीनमा संलग्न समितिले जयसिंह तुइनबाट खसेको घटनास्थल मालघाट नेपाल र भारततर्फबाट अवलोकन गरेका छन् ।

    समितिले आफ्नो छानविन सोधपुछमै केन्द्रित गरेको छ । सरोकारवालासँग सोधपुछ जारी रहेको जानकारी दिँदै संयोजक गौतमले भने, ‘सूचना संकलन गर्दै छौं, विश्लेषण गरेर रिपोर्ट बुझाउँछौँ ।’

    स्थानीयले मालघाटमा एसएसबीले तुइन फुस्काउँदा धामी बेपत्ता भएको बताएपनि भारत पक्षले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सो घटनामा एसएसबीको संलग्नता नभएको जिकिर गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.