सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१८ लाख कित्ता सेयर निष्काशन गर्दै न्यादी हाइड्रोपावर


  •    न्युजभित्तो/२४ श्रावण २०७८, आईतवार १३:१६ 
  • काठमाडौं,२४ साउन । न्यादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र संस्थागत लगानीकर्ताको लागि कुल १८ लाख कित्ता बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

    लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका ३, ६, ७ र ८ वडाका स्थानीयलाई ५ लाख र जिल्लाको अन्य स्थानीयलाई १० लाख कित्ता गरी १५ लाख र बाँकी रहेको ३ लाख कित्ता सेयर कम्पनीले संस्थाको संस्थापक सेयरधनी कर्मचारीलाई वितरण गर्न लागेको हो ।

    उक्त सेयर आउँदो भदौ १ गतेदेखि निष्काशन गर्ने कम्पनीले जनाएको छ । उक्त सेयरका लागि सर्वसाधारण लगानीकर्ताहरूले प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    भदौ १ गतेदेखि खुल्ने उक्त सेयरमा लगानीकर्ताले पहिलो चरणमा भदौ १५ गतेसम्ममा र तोकिएको अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा भदौ ३० गतेसम्म आवेदन दिन सकिने छन् ।
    साथै, कम्पनीले कम्पनीका संस्थापक लगानीकर्ताहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीलाई ३ लाख कित्ता सेयर छुट्याइएको छ ।

    उक्त सेयरमा स्थानीयले जिल्लामा रहेका ग्लोबल आइएमई बैंकको शाखा सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सक्नेछन् ।
    संस्थापक लगानीकर्ताले भने न्यादी हाइड्रोपावरको कार्यालय बुद्धनगर तथा ग्लोबल आइएमई क्यापिटलमा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.