सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्वभर संक्रमितको संख्या २० करोड नाघ्यो, १८ करोड २२ लाख निको


  •    न्युजभित्तो/२४ श्रावण २०७८, आईतवार १२:३५ 
  • काठमाडौं,२४ साउन ।  विश्वभर कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ ।

    पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार २९० जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको २० करोड २ लाख ९३ हजार पुगेको छ ।

    यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख १० हजार ७५७ छ । पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड २२ लाख ७९ हजारभन्दा बढी छ ।

    होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ६३ लाख ५३ हजार ६९ छ । यसमध्ये ९८ हजार ५४१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    आइतबार बिहानसम्मको तथ्यांकानुसार विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४२ लाख ९८ हजारभन्दा बढी छ ।

    पछिल्लो २४ घण्टामा ९ हजार ६ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख ९८ हजार ७४७ पुगेको छ ।

    खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

    बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

    पछिल्लो २४ घण्टामा त्यहाँ ६८ हजार ९५० जनामा संक्रमण भएको छ । यस्तै थप ३२० जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ३२ हजार ९८७ जनाको मृत्यु भइसकेको छ ।

    यसैगरी ब्राजिलमा ५ लाख ६३ हजार ८२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा आइतबार बिहानसम्म ४ लाख २७ हजार ८९२ संक्रमितको मृत्यु भएको छ ।

    यस्तै रूसमा १ लाख ६४ हजार ‍६४ जना, बेलायतमा १ लाख ३० हजार २८१ जना, फ्रान्समा १ लाख १२ हजार १९० जना, इटालीमा १ लाख २८ हजार २०९ जनाको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.