एमालेको विघटित कार्यदलका सदस्यहरु आन्तरिक छलफल, एकताबारे विभिन्न ढंगले छलफल
न्युजभित्तो/२४ श्रावण २०७८, आईतवार ११:१५
काठमाण्डौं, २४ साउन । नेकपा एमालेको विघटित कार्यदलका नेताहरुबीच पार्टी एकताबारे छलफल भइरहेको छ । आज आईतबार बिहानदेखि गोप्य रुपमा भएको छलफलमा पार्टी एकताको विन्दु पहिल्याउने प्रयास भइरहेको बुझिएको छ । पार्टी एकताबारे विभिन्न ढंगले कुराकानी भइरहेको कार्यदलका एक नेताले बताए । उनका अनुसार आज बेलुकासम्म कुनै परिणाम आउछ कि भन्ने अपेक्षा छ ।
गत शुक्रबार सम्पन्न माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले १० बुँदे सहमति एकताको आधार मान्न सकिने भएपनि त्यो नै पर्याप्त नभएको निश्कर्ष निकालेको थियो । साथै एकता प्रक्रिया चलिरहेका बेला अध्यक्ष ओली पक्षले अघि सारेका सांगठनिक गतिविधिले एकताको वातावरण बिथोलिने भन्दै त्यस्ता गतिविधि रोक्न ध्यानाकर्षण गराएको थियो । तर सोही दिन एमाले प्रवक्ता तथा ओली पक्षीय नेता प्रदीप ज्ञवालीले एकताका नाममा अनन्तकालसम्म पर्खन नसकिने जवाफ दिएका थिए ।
यता माधव नेपाल पक्षका कार्यदल संयोजक समेत रहेका नेता भीम रावलले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । नेता रावल र राष्ट्रपतिकबीचको भेटवार्तामा समेत एमाले संकटबारे छलफल भएको बुझिएको छ ।
नेकपा एमालेले आज आइतबारका लागि बोलाएको केन्द्रीय समिति बैठक एक दिन पर सारेको छ । आवश्यक तयारी पूरा नभएकाले एक दिन पर सोमबारसम्मलाई बैठक सारेको एमाले नेताहरुले बताएका छन् । तर, कस्तो तयारी भन्नेबारे उनीहरुले केही खुलाएका छैनन् । अर्कोतर्फ माधव पक्षले आइतबारको बैठक स्थगित गर्न आग्रह समेत गरेकाले बैठक सोमबारलाई सारिएको बुझिएको छ ।