सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु,


  •    न्युजभित्तो/२३ श्रावण २०७८, शनिबार १७:१३ 
  • चितवन, २३ साउन । चितवनमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवन मेडिकल कलेजमा चितवनका दुई जना र भरतपुर अस्पतालमा नवलपरासीका एक जनाको मृत्यु भएको हो ।

    विगत २४ घण्टामा चितवनको विभिन्न अस्पतालबाट २० जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् । त्यसैगरी चितवनका अस्पतालमा २६१ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ९१ जना, भेन्टिलेटरमा ३० जना, एचडीयूमा ५० जना र जेनरल बेडमा १२० जना रहेका छन् ।

    त्यसैगरी चितवनमा आज एकैदिन १७३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ११९ जना, खैरहनी नगरपालिकामा ५ जना, माडीमा १२ जना, रत्ननगरमा २७ जना, राप्ती नगरपालिकामा तीन जना, कालिकामा चार जना र इच्छाकामनामा तीन जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ४३३ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार २३२ जना, अस्पतालको आइसोलेसनमा १८८ जना र सार्वजनिक आइसोलेसनमा १३ जना रहेका छन् । आजसम्म चितवनमा कोरोना संक्रमणबाट ३४६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.