सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गुह्येश्वरीमाथिको वाग्मती सफाइ ४०० औँ हप्तामा


  •    न्युजभित्तो/२३ श्रावण २०७८, शनिबार १४:०५ 
  • काठमाडौँ, २३ साउन । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियान ४००औँ हप्तामा प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको नदी सफाइका लागि २०७० फागुन ३ गतेदेखि अभियान शुरु गरिएको थियो । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले ४०० औँ हप्ता प्रवेश कार्यक्रम नदी किनारमा सफा गरेर मनाइएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

    काठमाडौँ उपत्यकाको फोहर उठाएर लैजाने व्यवस्था नभएकाले प्लाष्टिकलगायत नकुहिने फोहरलाई व्यवस्थापन गरिएको छ । कुहिने फोहर भने नदी किनारमा लगाइएको बगैँचाका लागि मल बनाउन उपयोग गरिएको उहाँले सुनाउनुभयो । वाग्मती सफाइ महाअभियानलाई सफल बनाउन गुह्येश्वरीमाथिको सफाइको जिम्मेवारी यस क्षेत्रका विभिन्न संस्थाले लिएका छन् । यस क्षेत्रमा हाल वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा सफाइ हुने गरेको छ । यस क्षेत्रको सफाइमा अभियानकर्मी र स्थानीय तहका जनप्रतिनिधिको सक्रियता थियो ।

    यसैगरी वाग्मती सफाइ महाअभियानको ४३०औँ हप्तामा गुह्येश्वरीस्थित नदी किनारमा सफाइ गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको नेतृत्वमा यस क्षेत्रमा सफाइ भएको हो । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सञ्चालक सदस्य डा माला खरेल, काठमाडौँ महानगरपालिका वडा नं ९ का सदस्यद्वय टेकराज अधिकारी र सिर्जना भेटवाललगायत कर्मचारी तथा अभियानकर्मीको सक्रियता थियो । शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ ।

    महाअभियान शुरु भएपछि वाग्मतीसँगै यसका सहायक नदी सफाइ अभियान पनि जारी छ । रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, मनोहरा, ललितपुरको गोदावरीखोला, चक्रपथको उत्तर र पश्चिमी खण्डमा पनि सफाइ गरिएको छ । महाअभियान शुरु भएपछि प्रत्येक हप्ता बिहान दुई घण्टा राष्ट्रका लागि स्वयं सेवा भन्ने नाराका साथ सफाइ अभियान चलिरहेको छ । चाडपर्व, हिउँद, वर्षा, जाडो, गर्मी, प्राकृतिक प्रकोपलगायत विपत्तिका बेलासमेत सफाइ अभियान जारी छ । हाल काठमाडौँ उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

    महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिरका मुख्य मुख्य शहर, नदी एवं सांस्कृतिक स्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिर १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

    विसं २०७६ चैत ११ गतेपछि भने कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भौतिक दूरी कायम गरी सीमित अभियानकर्मीकाबीच सफाइ भइरहेको छ । नदी किनारभन्दा टाढा निवास हुने अभियानकर्मीले भने निषेधाज्ञा र बन्दाबन्दीका बेला टोल, घर सफाइ अभियानसहित जनचेतना जागृत गर्दै आउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.