सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विज्ञापनका बोर्डले लामो पुल कुरुप बन्ने खतरा


  •    न्युजभित्तो/२३ श्रावण २०७८, शनिबार १३:५५ 
  • बलेवा, २३ साउन । सिङ्गल स्पान प्रविधिमा बनेको संसारकै लामोपुल भनेर प्रचारित बागलुङ अदुवाबारी पुलको अवलोकन गर्न आउनेको ठूलो लर्को लाग्ने गरेको छ ।

    कोरोना महामारीका कारण भइरहेको निषेधाज्ञा र महामारीको त्रास छल्दै पुल घुम्न आउनेको कमी छैन । कालीगण्डकीमाथि बनेको पुल आफैँमा सुन्दर छ । पुलको पश्चिमतर्फ पर्ने शहीदपार्कले पर्यटकलाई लोभ्याउँछ । त्यही पार्कतर्फको भाग अव्यवस्थितरुपमा विज्ञापनका लागि राखिएका होर्डिङ बोर्डका कारण कुरुप हुन थालेको देखिएको छ ।

    पुल घुम्नका लागि आउने पर्यटक भने छेउछाउका जर्बजस्त राखिएका होर्डिङ बोर्डले गिज्याउने गरेको छ । “लामो पुलको राम्रो फोटो खिचौँ भनेको दायाँबायाँ साथी राखेको जस्तै विज्ञापनका बोर्डको फोटो आउँदो रहेछ”, पोखराबाट घुम्नका लागि बागलुङ आउनुभएका सुदीप पौडेल भन्नुहुन्छ, “पुल र प्रकृति छेकिने गरेर किन बोर्ड राखेका होलान् रु”

    विभिन्न देशमा अध्ययनका लागि विद्यार्थी पठाउने बागलुङका केही कन्सल्टेन्सीले पुलको छेउछाउमा होर्डिङ बोर्ड राखेका छन् । नगरका जुनसुकै सार्वजनिक स्थानमा बोर्ड राख्दा निश्चित राजस्व तिर्नुपर्ने व्यवस्था छ । विज्ञापन गर्ने कम्पनी वा फर्मले तिरेको करबाट नगरपालिकाले बोर्डको व्यवस्थापन गर्नुपर्ने हो तर बागलुङ नगरपालिकाले भने बोर्ड राखेको विषयमा आफूहरुलाई जानकारी नभएको बताएको छ ।

    “रामरेखा सामुदायिक वनक्षेत्र पर्छ, वनकै जग्गा हो, वनले दिएको भए थाहा भएन”, बागलुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले भन्नुभयो, “अव्यवस्थित र कानुनविपरित राखेको भए हटाउन लगाइने छ ।’’

    रामरेखा सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष कर्ण बोहराले केही कम्पनीले बोर्ड राख्नका लागि अनुरोध गरेको भएपनि कुनै प्रक्रिया भने पूरा नगरेको बताउनुभयो । “राजस्व तिर्नुपर्छ वा सेवा शुल्क लिन पाइन्छ भन्ने विषयमा मलाई थाहा भएन, केही भाइहरुले बोर्ड राख्छौँ भनेका थिए ।” व्यवस्थित नगरिएका बोर्डका कारण पुलमा आउने पर्यटक तस्बीर खिचाउन हिचकिचाउने गरेका छन् । पुलमा खिचिएको तस्वीरमा बोर्डको स्पष्ट चित्र आउने र निःशुल्क सामाजिक सञ्जालमार्फत विज्ञापन हुनेगरी बोर्ड राखिएको छ ।

    बागलुङकै मुख्य प्रवेशद्वार मालढुङ्गा पनि अव्यवस्थित बोर्डका कारण कुरुप देखिने गरेको छ । व्यावसायिक प्रयोजनका लागि राखिएका अव्यवस्थित होर्डिङ बोर्डहरुले बागलुङ प्रवेशद्वारको शोभा नै घटाइदिएको छ । प्रवेशद्वारमै जिल्लाका धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको चिनारी गराउनुपर्ने ठाउँमा अव्यवस्थित व्यावसायिक होर्डिङ बोर्ड मात्र टाँगिएका छन् ।

    मदिराका होडिर्ङ बोर्डले बागलुङमा स्वागत गरिरहेको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमारले श्रेष्ठ बताउनुभयो । “हाम्रो चिनारी यही हो रु मदिराको व्यापार रु”, उहाँले भन्नुभयो, “हामीले देखाउने र चिनाउने कुरा धेरै छन्, त्यसतर्फ कसैको ध्यान गएन ।” सन्देशमूलक बोर्डबाहेकका अन्य बोर्ड तथा ब्यानर हटाउनका लागि प्रक्रिया बढिरहेको बागलुङ नगरपालिकाले बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.