सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीका कारण मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन माग


  •    न्युजभित्तो/२३ श्रावण २०७८, शनिबार १२:२२ 
  • काठमाडौँ, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकमा बाढीका कारण मृत्यु भएका मृतक र बेपत्ता परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ ।
    सो पार्टीका अध्यक्ष पशुपति शम्शेर जबरासहितको टोलीले आज बाटुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाललाई ज्ञापनपत्र बुझाउँदै सिन्धुपाल्चोकका पाँचपोखरी गाउँपालिका, हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा आएको भिषण बाढी क्षेत्रका पीडित परिवारलाई तत्काल राहतको प्याकेज उपलब्ध गराउनुपर्ने माग गरेको छ ।
    ज्ञापनपत्रमा भनिएको छ, “बाढीबाट क्षति भएका भौतिक संरचना पुल, शिक्षण संस्था, विद्युत् आदिको तत्काल वैकल्पिक माध्यमबाट र भविष्यमा दीर्घकालीनरुपमा पुनःनिर्माण गर्न र हालसम्म विस्थापित भएका परिवारलाई सुरक्षित स्थानको पहिचान गरी पुनःस्थापना गर्न माग गर्दछौँ ।”
    सो पार्टीले अहिले पनि निरन्तररुपमा बाढी गइरहेकाले तत्काल विशेषज्ञको टोली खटाएर बाढीका कारण र अब बाढीले क्षति पु¥याउने स्थानको पहिचान गरीस्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत अनुरोध गरेको छ । सोही अवसरमा प्रधानमन्त्री देउवाले राहत र उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष जबराले बाढीको कटानबाट खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण कार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.