सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान


  •    न्युजभित्तो/२३ श्रावण २०७८, शनिबार ११:४५ 
  • कञ्चनपुर, २३ साउन । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ ।
    आर्थिक वर्ष २०७७÷७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत रु एक करोड ५१ लाखको लागतमा सिसीटिभी क्यामेरा जडान गरिएका हुन् । आपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम र सडक दुर्घटना न्यूनीकरणमा सघाउ पु¥याउनका लागि सिसीटिभी क्यामेरा जडान गरिएको हो ।
    मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार सडकका संवेदनशील क्षेत्रको पहिचान गरी १३८ सिसीटिभी क्यामेरा जडान गरिएका छन । जडान गरिएका सिसीटिभी क्यामेरामा पिटिजेड (घुम्ने) सात वटा र अन्य १२० क्यामेरा जडान गरिएका छन् । राजमार्ग क्षेत्रको धेरै व्यक्ति जमघट हुने, चौराह, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा सिसीटिभी क्यामेरा जडानको कार्य गरिएको प्रवक्ता जोशीले बताउनुभयो । क्यामेरा जडानका लागि १०८ दशमलव ५६ किलोमिटर क्षेत्रमा केबुल बिछ्याइएको छ ।
    सिसीटिभी क्यामेरा जडान गरिएका क्षेत्रमा १२ वटा स्टेसन राखिएको छ । “क्यामेरा जडानको कार्य पूरा भएको छ”, मन्त्रालयका प्रवक्ता जोशीले भन्नुभयो, “नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् आपूर्तिका लागि सम्झौताको कार्य भइरहेको छ ।” क्यामेरा जडानपश्चात् परीक्षणको कार्य भइरहेको उहाँले बताउनुभयो । सिसीटिभी क्यामेराको सहयोगले मानवीय सुरक्षा, सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा एवं अपराध नियन्त्रणसँगै शान्ति सुरक्षा कायम गर्नका लागि मद्दत पु¥याउने भएको छ ।
    योसँगै दुर्घटना न्यूनीकरण गर्न, ट्राफिकको समस्या निराकरण गर्न, चोरीलगायतका कार्यमा अंकुश लगाउन सडकमा राखिएको सिसीक्यामरा निकै फलदायी हुने बताइएको छ । “सडक नियम उल्लङ्घन गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि सिसीटिभीले मद्दत पु¥याउँछ छ”, प्रवक्ता जोशीले भन्नुभयो, “विशिष्ट व्यक्तिको आगमन एवं सुरक्षा व्यवस्था मिलाउनसमेत महत्वपूर्ण भूमिका रहन्छ ।” मन्त्रालयले सिसीटिभी क्यामेराको प्रयोगलाई प्रभावकारी बनाउनका लागि मनिटरिङ गर्ने व्यवस्थासमेत गरेको छ । सिसीटिभी जडान तथा सञ्चालन कार्यविधि २०७२ अनुसार यसको सञ्चालन र व्यवस्थापनको कार्य हुने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.