सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पीडित परिवारलाई आर्थिक सहयोग


  •    न्युजभित्तो/२३ श्रावण २०७८, शनिबार ११:४० 
  • दार्चुला, २३ साउन ।   घरमा एक छाक टार्नै धौधौ रहेका राजन्ती धामीको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । घरमा कमाउने श्रीमान जयसिंह बेपत्ता भएपछि घरमा चुल्हो बल्ने अवस्था नहुँदा भेट्न पुग्ने व्यक्तिले आर्थिक सहयोग गरेका हुन् । शुक्रबारसम्म विभिन्न निकाय र व्यक्तिबाट रु ४१ हजार आर्थिक सहयोग जुटेको छ ।
    बेपत्ता जयसिंहका भाई नरेन्द्रसिंहका अनुसार छानविन समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले पीडित परिवारलाई भेटेर रु १० हजार आर्थिक सहयोग गर्नुभएको छ । यस्तै व्यास गाउँपालिकाले रु २५ हजार, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सचिव भरत मल्लले रु पाँच हजार तथा सशस्त्र प्रहरीका नरेन्द्र बडालले रु एक हजार आर्थिक सहयोग गर्नुभएको छ । बेपत्ता जयसिंहका एक छोरा, एक छोरी र श्रीमती छन् ।
    “छोराछोरी सानै छन्, विदेश जाँदा लागेको ऋण तिर्नुपर्ने एकातिर छ, अर्कोतिर बुवाको जमिनले एक महिना पनि खान पुग्दैन्”, हरकसिंहले भन्नुभयो । वैदेशिक रोजगारी खोज्न काठमाडौँ जाने क्रममा जयसिंह तुईन तर्दा बेपत्ता हुनुभएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.