सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालले कुवेतलाई हरायो, ग्लोबल छनोटमा स्थान बनाउन अब सिङ्गापुरलाई जित्नुपर्ने


  •    /११ श्रावण २०७६, शनिबार १३:३० 
  • काठमाडौँ । आइसिसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत फाइनल खेलमा नेपालले कुवेतलाई पराजित गर्दै विजयी हासिल गरेको छ ।

    सिङ्गापुरको इण्डियन एशोसियशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावनासमेत बलियो बनाएको छ । त्यस्तै नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले तीन खेलबाट चार अङ्क जोडेको छ भने कुवेत चार खेलबाट तीन अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

    कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ दशमलव पाँच ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए । उनले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । ३२ बल खेलेका उनले ११ चौका र एक छक्का प्रहार गरे । त्यस्तै शरद भेषवाकरले अविजित ३८ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाए । त्यस्तै रोहितकुमार पौडेलले अविजित छ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले एक रन जोडे ।

    कुवेतका मुहमद कासिफले तीन विकेट लिए । नेपालले आइतबार आयोजक सिङ्गापुरसँग अन्तिम खेल खेल्नेछ । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर १४१ रन बनाएको थियो । कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहँदै ४९ रन जोडे भने आदनन इद्रेसले २५, मोहमद आस्लमले २३, राभिजा डी सिल्भाले १५ र बिलाल ताहिरले १३ रन जोडे ।

    नेपालका सन्दिप लामिछाने र वसन्त रेग्मीले समान तीन विकेट लिए भने करण केसीले दुई तथा अविनाश बोहराले एक विकेट झारे । तालिकाको शीर्ष स्थानमा रहेको सिङ्गापुरको पाँच अङ्क रहेको छ । अब नेपाल र सिङ्गापुरमध्येका विजेताले ग्लोबल छनोटमा स्थान बनाउने छन् । प्रतियोगितामा कुवेत, मलेसिया र कतार भने बाहिरिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.