सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपचार खर्च नपाउँदा घरकै ओछ्यानमा छटपटाउँदै बालिका


  •    न्युजभित्तो/२१ श्रावण २०७८, बिहीबार १३:२० 
  • कञ्चनपुर, २१ साउन । आगोमा परेर सख्त घाइते भएकी कृष्णपुर नगरपालिका–१ वण्डकी नौ वर्षीया बालिका मनिषा भण्डारी उपचार नपाउँदा घरकै ओछ्यानमा छटपटाउन बाध्य छिन् ।

    गत आइतबार बिहान घरमै मकै पोल्ने क्रममा आगोमा परेर भण्डारी सख्त घाइते भएकी हुन् । तत्कालै स्थानीय बासिन्दाको सहयोगमा बालिकालाई उपचारका लागि नजिकैको अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।

    बालिकाको अवस्था निकै चिन्ताजनक भएपछि अस्पतालले बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि लैजान सिफारिश गरेपनि अर्थाभावले परिवारले अस्पताल पुयाउन सकेका छैनन् । बालिकाका बुवाआमा असक्त अवस्थाका हुनुहुन्छ । मनिषाका ठुलोबुवा पुष्कर भण्डारीले उपचार खर्च जुटाउन नसक्दा घरमै राख्नुपरेको बताउनुभयो ।

    “घरमा दैनिक हातमुख जोर्न धौधौ छ”, उहाँले भन्नुभयो, “बालिकाका आमाबुवाको अवस्था पनि उस्तैछ । कहीँकतैबाट सहयोग छैन।उपचार खर्च जुटाउन नपाउँदा घरमै राखेका छौँ । उपचार नपाएरै छोरी मर्ने भइ ।” बालिका कालिका आधारभूत विद्यालयमा कक्षा४मा अध्ययनरत छिन् । घाइते बालिकाका अभिभावकले उपचार खर्च जुटाई सहयोग गरिदिन दातृ निकायसँग आग्रह गर्नुभएको छ ।

    पूर्वमन्त्री साउदद्वारा अक्सिजन कन्सन्टेटर हस्तान्तरण

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपि साउदले शुक्लाफाँटा नगरपालिकालाई बुधबार पाँचवटा अक्सिजन कन्सन्टेटर मेसिन हस्तान्तरण गर्नुभएको छ ।

    नगरप्रमुख दिलबहादुर ऐरलाई पूर्वमन्त्री साउदले अक्सिजन कन्सन्टे«टर मेसिन हस्तान्तरण गर्नुभएको हो । तीन ठूलो र दुई सानो अक्सिजन कन्सन्टेटर मेसिन पूर्वमन्त्री साउदले हस्तान्तरण गर्नुभएको छ । प्रवासी नेपालीहरुको सहयोगमा अक्सिजन कन्सन्टेटर उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

    सो अवसरमा पूर्वमन्त्री साउदले कोरोनाका सङ्क्रमित बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउँदै अक्सिजन कन्सन्टेटर इमर्जेन्सीका रूपमा प्रयोग हुने भएकाले अस्पतालसम्म बिरामीलाई पु¥याई ज्यान बचाउन सकिने उल्लेख गर्नुभयो । हावालाई फिल्टर गरी शुद्ध अक्सिजन बिरामीसम्म पु¥याउने कार्य अक्सिजन कन्सन्ट्रेटरले गर्ने भएकाले गम्भीर अवस्थाका बिरामीका लागि यो मेसिनले सघाउ पु¥याउने उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.