सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वाग्मती गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालन


  •    न्युजभित्तो/२१ श्रावण २०७८, बिहीबार १३:११ 
  • वाग्मती, २१ साउन । मकवानपुरको वाग्मती गाउँपालिकामा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनका लागि आज सम्झौता गरिएको छ । सो केन्द्र सञ्चालनका लागि गाउँपालिका र तिलगङ्गा हेटाँैडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता गरिएको छ ।

    गाउँपालिका अध्यक्ष सर्केस घलान र हेटाँैडा अस्पतालका प्रमुख डा सुनिल श्रेष्ठबीच सम्झौता भएको गाउँपालिकाले जनाएको छ । सम्झौतामा हस्ताक्षर गरेको मितिले आगामी पाँच वर्षसम्म अस्पताल कायम रहने उल्लेख गरिएको छ ।

    सम्झौतापत्रमा आँखा केन्द्र सञ्चालनका लागि गाउँपालिकाले दुई स्वस्थ्यकर्मीका लागि पारश्रमिक रकम वार्षिकरुपमा अनुदानस्वरुप उपलब्ध गराउनुपर्ने, सञ्चालन केन्द्रका लागि भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने, सेवा सञ्चालनका लागि उपयुक्त वातावरण तयार पार्नुपर्ने, वार्षिकरुपमा बजेट विनियोजन गर्नुपर्ने, आवश्यकता अनुरुपको प्राविधिक जनशक्ति उपलव्ध गराउनुपर्ने लगायतका विषय उल्लेख गरिएको छ ।

    आँखा केन्द्रमा आगामी तीन महिनाभित्र आँखा जाँच, चश्मा जाँच, सामान्य शल्यक्रिया र औषधिसहितको सुविधा उपलब्ध गराइ सञ्चालनमा ल्याइने हेटौँडा आँखा अस्पतालका प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.