सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नुपर्दछ : मन्त्री बराल


  •    न्युजभित्तो/२१ श्रावण २०७८, बिहीबार १२:३२ 
  • गण्डकी, २१ साउन । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वडा कमिटी पोखरा–१० को आयोजनामा बुधबार पोखरामा आयोजना भएको राज्यद्वारा बेपत्ता पारिएका मजदुर नेता चमनलाल बरालको १९औँ खोजसभालाई सम्बोधन गर्दै उहाँले शहीद र बेपत्ताको योगदानको उच्च कदर गर्दै अघि बढ्ने बताउनुभयो ।

    माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहनुभएका मन्त्री बरालले अझै राजनीतिक अवस्था जटिल बन्दै गएको छ भन्नुभयो । सरकारले सुकुम्बासी समस्या आधारभूतरूपमा समाधान गर्ने विश्वास व्यक्त गर्दै मन्त्री उहाँले भन्नुभयो, “वर्तमान सरकारले नयाँ प्याकेज ल्याउँदै छ शहीद र बेपत्ताले देखाएको लक्ष्य र उद्देश्यलाई निरन्तर पछ्याइरहने छु ।”

    चमनलालकी श्रीमती जमुना बरालले आफ्नो श्रीमान् हराएको १९ वर्षसम्म पनि पत्ता लगाउन नसकिएकामा दुखेसो गर्दै विगत तीन दशकदेखि बस्दै आएको पोखरा–१० स्थित नागिनटोलको जग्गाको लालपुर्जा उपलब्ध गराउन माग गर्नुभयो ।उक्त टोलमा करिब ७० घरपरिवार विगत ३० वर्षभन्दा अघिदेखि बसोबास गर्दै आएको स्थानीय किरणप्रसाद भट्टले जानकारी दिनुभयो ।

    पोखरा–१० वडा कमिटीका अध्यक्ष किरणप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश विकास समितिका सभापति दीपक कोइराला , माओवादी केन्द्रका जिल्ला सचिव बखानसिंह तमु, माओवादी केन्द्र पोखरा महानगर कमिटी सचिव विश्वप्रकाश लामिछानेलगायतले लामो समयदेखि बेपत्ताको टुङ्गो नलगाउँदा पीडित परिवार चिन्तित बनेको धारणा राख्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.