सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ


  •    न्युजभित्तो/२१ श्रावण २०७८, बिहीबार १०:५५ 
  • कर्णाली, २१ साउन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध मालसमान ओसोरपसार कार्यमा संलग्नलाई कडाइ गरेको छ । प्रहरीले भन्सार छलेर अवैध तरिकाले विभिन्न जिल्लामा मालसमान भित्र्याउने कार्यमा संलग्नलाई धमाधम समात्न थालेको छ ।

    प्रहरीले यो एक साताभित्र नेपालगञ्जदेखि छिन्चुतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा लोड गरेको रु एक लाख ६५ हजार ६५७ को अवैध मालसमान, क।प्र।००२ ख ०१०९ बसमा राजस्व छली गरी अवैधरूपमा ल्याइएको रु तीन लाख २४ हजार १० र चितवनबाट सुर्खेततर्फ आउँदै गरेको प्रदेश नं ३–०१०२३ च ७१४२ नम्बरको जीपमा राजस्व छली ल्याइएको रु दुई लाख ८५७ बराबरको अवैध मालसमान बरामद गरेको थियो ।

    दाङदेखि जाजरकोटसम्म रा१क ३७ नम्बरको मिनी ट्रकमा राजस्व छली अवैधरूपमा लैजाँदै गरेको रु तीन ९६ हजार, नेपालगञ्जदेखि सुर्खेतसम्म क।प्र।०२००१ ख ०३५१ नम्बरको ट्रकमा ल्याउँदै गरेको रु पाँच लाख ६८ हजार ३९९ को अवैध सिमेन्ट सरिया, नेपालगञ्जदेखि भे१ज ९४३ नम्बरको जीप र ना८ख १३७ नम्बरको फोर्स गाडीमा ल्याइएको रु सात लाख ६६ हजार ८० बराबरको अवैध मालसमान बराम गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

    त्यस्तै काठमाडौँदेखि जुम्ला जाँदै गरेको ना६ख ६३३८ नम्बरको बसबाट रु ४० लाख २६ हजारको अवैध मालसमान बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो । “हामीले बुधबारसम्म अवैधरूपमा कर छली गरेर ओसारपसार गरिएको कुल जम्मा रु ६८ लाख ३४ हजार ४७९ बराबरको अवैध मालसमान बरामद गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसमा संलग्न आठ सवारी चालकलाई पक्राउ गरी अनुसन्धान कार्य थालिएको छ ।” राज्यलाई कर छली गरी अवैध मालसमान ओसारपसार गर्नेलाई उच्च निगरानी राख्ने काम गरिएको उहाँले बताउनुभयो ।

    यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले अदालतको फैसला कार्यान्वयन अभियानअनुसार गएको सातासम्म २२ फरार प्रतिवादी पक्राउ गरेको बताउनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा पाँच महिला र १७ पुरुष छन् । उनीहरुलाई २२ वर्ष आठ महिना २८ दिन कैद र रु ५९ हजार १०० जरिवाना तोकिएको छ ।

    त्यस्तै लागुऔषध ब्राउन सुगरसहित १३ जनालाई पक्राउ र ६७ ग्राम ५१० मिलिग्राम लागुऔषध प्रहरीले बरामद गरेको छ । “यो साताभित्र २९७ भााडाबर्तनसहित नौ हजार १६२ लिटर तयारी तथा १६ हजार १८ कच्चा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ,” उहाँले भन्नुभयो, “दुई सय २० ग्राम गाँजा पनि बरामद गरिएको छ ।”

    त्यस्तै सुर्खेत प्रहरीले जुवाखालबाट रु दुई लाख १४ हजार ९७० बरामद गर्नुका साथै एक महिलासहित आठ जुवाडेलाई पक्राउ गरेको छ । रु एक लाख २३ हजारको ६१।५ क्युफिट साल सिसौको काठसहित दुई जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.