सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाकाली प्रकरणमा भारतले क्षमायाचना गर्नुपर्छ : नेता श्रेष्ठ


  •    न्युजभित्तो/२० श्रावण २०७८, बुधबार १६:११ 
  • काठमाडौं, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता भएको घटनामा तुरुन्त क्षमायाचना गर्न भारत सरकारसँग आग्रह गर्नुभएको छ ।

    राष्ट्रियसभा बैठकको विशेष समयमा प्रवक्ता श्रेष्ठले तथ्यहरुले भारतीय सीमा सुरक्षा बलका व्यक्तिले तुइनको तार काटिदिएका कारण धामी नदीमा बेपत्ता भएको देखाएको दाबी गर्नुभयो । उहाँले उक्त घटना अमानवीय र क्रूर भएको भन्दै भत्र्सना पनि गर्नुभयो ।

    “उक्त घटनाका निम्ति भारतले अविलम्ब सार्वजनिक रुपमा क्षमायाचना गर्र्नुपर्छ”, नेता श्रेष्ठले भन्नुभयो, “दोषीमाथि तत्काल कडा कारवाही गर्न र अबका दिनमा यस्तो प्रवृत्ति नदोहो¥याउन जोडदार माग गर्दछु ।”

    उहाँले उक्त घटनाका सन्दर्भमा नेपाल सरकारले छानबिन समिति बनाएर कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आवश्यक कदम चाल्ने दृढता प्रकट गरेकामा सरकारको सराहना गर्नुभयो । उहाँले छानबिन समितिको रिपोर्ट छिटो ल्याई दोषीमाथि कारवाहीका लागि भारत सरकारसँग माग गर्न र पीडित परिवारलाई उचित राहत दिन सरकारसँग माग गर्नुभयो ।

    भारतसँग असल मैत्रीपूर्ण सम्बन्ध राख्न चाहेको र सबै समस्या कूटनीतिक ढङ्गबाट सकारात्मकरूपमा समाधान गर्ने पक्षमा रहेको जानकारी गराउँदै नेता श्रेष्ठले राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताविरुद्ध हेपाहा व्यवहार कदापि नसहने चेतावनी पनि दिनुभयो । “त्यसका निम्ति जे गर्नुपर्छ, सबै गर्न नेपाली जनता तयार छन्”, उहाँले थप्नुभयो ।

    उहाँले पटक–पटक सीमामा अतिक्रमण गरिएको र विदेशीको तटबन्ध र बाँधका कारण कतिपय बस्ती डुबानमा परेरिरहेको सन्दर्भ जोड्दै श्रेष्ठले विदेशी हस्तक्षेपविरुद्ध एक हुन पनि राजनीतिक दललाई आग्रह गर्नुभयो ।

    उहाँले कतिपय असमान सन्धि–सम्झौता लादिरहेको र आन्तरिक मामलामा हस्तक्षेप भइरहेकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै राजनीतिक दललाई आफ्नो स्वार्थका निम्ति विदेशी हस्तक्षेपममा चुप लागेर नबस्न अनुरोध पनि गर्नुभयो ।

    उहाँले नेपालको प्राकृतिक स्रोत सम्पदा पारस्परिक हितका निम्ति उपयोग गर्नुपर्नेमा विदेशीले आफ्नो हितलाई मात्रै ध्यानमा राखेर स्रोतलाई दमन गरिरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले त्यस्ता सबै प्रवृत्तिप्रति सचेत हुँदै त्यसविरुद्धको सङ्घर्षलाई सफलतामा पुयाउनेमा दृढता व्यक्त गर्नुभयो ।

    नेपालमा आन्तरिकरूपमा पार्टीबीच केही विवाद रहेको स्वीकार गर्दै नेता श्रेष्ठले भन्नुभयो, “आवश्यक पर्दा नेपाली जनता र राजनीतिक दल राष्ट्रियताको पक्षमा एक ढिक्का भएका छन् र अब पनि एक ढिक्का हुन्छन्, नेपालप्रति दुव्र्यवहार गर्ने काम कसैले नगरोस् ।”

    संविधान र लोकतन्त्रको पक्षमा सचेत हुँदै अघि बढ्न र अलोकतान्त्रिक, निरंकुश, व्यक्तिवादी र भ्रष्ट प्रवृत्ति अन्त्य भइनसकेकाले त्यसप्रति गम्भीरतापूर्वक सोच्न सबै राजनीतिक दल र सरकारसँग आग्रह गर्नुभयो ।

    प्रतिनिधिसभा विघटन गरेको प्रतिगामी कदममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मात्रै नभई त्यसमा संलग्न सबै दलसमेत जिम्मेवार रहेको बताउँदै नेता श्रेष्ठले त्यस कुरालाई नभुली आफूलाई बदलेर जिम्मेवारपूर्वक काम गर्न दलहरुसँग अपिल पनि गर्नुभयो ।

    कोभिड–१९ सङ्क्रमणको अवस्था कायमै रहेकाले तत्काल खोपको व्यवस्थापन गर्न र बाढी पहिरो प्रभावितलाई राहत प्याकेज व्यवस्था गर्न तथा उद्योग व्यवसायलाई सही ठाउँमा ल्याउन पनि उहाँले सरकारसँग माग गर्नुभयो ।

    उहाँले भ्रषटाचार नियन्त्रण र कानूनको पूर्णपालना गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । नेता श्रेष्ठले सामाजिक भेदभावको अन्त्य गर्न र हिंसा र बलात्कारजस्ता जघन्य अपराधको अत्य गर्ने कुरामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.