सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्राफिक प्रहरीलाई यातायात व्यवस्था विभाग अन्तर्गत राख्न प्रस्ताव


  •    न्युजभित्तो/२० श्रावण २०७८, बुधबार १५:५३ 
  • काठमाडौं, २० साउन । यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई यातायात व्यवस्था विभाग मातहत राख्न प्रस्ताव गरेको छ । बुधबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा विभागका महानिर्देशक नमराज घिमिरेले सवारीको क्षेत्रमा काम गर्ने निकाय र सडकमा सवारी व्यवस्थापनको काम गर्ने निकाय फरक फरक भएकोले सडकमा सवारी व्यवस्थापनमा तालमेल नमिलेको बताए ।

    उनले ऐनमा सडकमा सवारी व्यवस्थापनका लागि यातायात निरिक्षक राख्नुपर्ने व्यवस्था रहेको बताउँदै ऐनको कार्यान्वयन हुन नसकेको बताए । उनले भारतमा यातायात निरीक्षकले नै सडकमा सवारीको व्यवस्थापन गर्ने गरेको र सो काम प्रभावकारी भएको उदाहरण समेत पेश गरे । नेपालमा पनि यातायात निरिक्षक नियुक्ति कसरी गर्ने सो बारेमा गृहकार्य हुनुपर्नेमा जोड दिए ।

    उनले भने– ‘समग्र सावारी तथा यातायात क्षेत्रको काम गर्ने एउटा निकाय छ । सडकमा सवारी व्यवस्थापनको जिम्मेवारी भने अर्कै निकायले पाएको छ । कि ट्राफिक प्रहरीलाई यातायात व्यवस्था विभाग अन्तर्गत राख्नुपर्यो कि ऐनमा व्यवस्था भए अनुसार यातायात निरीक्षकको व्यवस्था गर्नुपर्यो । यातायातको क्षेत्रमा काम गर्ने निकाय र सडकमा सवारी व्यवस्थापन गरिरहेको फरक निकाय ट्राफिक प्रहरीसँग समन्वयको समस्या छ ।’

    समितिले स्मार्ट सवारी चालक अनुमति पत्र र विभागले सुरु गरेको इम्बोस्ड नम्बरको व्यवस्थापनका बारेमा गरेको छलफलमा विभागका महानिर्देशक घिमिरेले ६ लाख सम्राट लाइसेन्स छपाई हुन बाँकी बताए । उनले छपाई मेसिन र स्मार्ट कार्डमा सफ्टवेयर बिच तालमेल मिलाउने प्राविधिक प्रक्रियामा समस्या भएका कारण लाइसेन्स छपाइको काम रोकिएको बताए । प्राविधिक रुपमा केही सुधार भएको र पूर्ण सुधार भएको अवस्थामा करिब १ महिनाभित्र ६ लाख स्मार्ट लाइसेन्स छपाई सम्पन्न हुने जानकारी गराए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.