सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसद विघटनमा ओली मात्रै जिम्मेवार होइनन् : नारायणकाजी


  •    न्युजभित्तो/२० श्रावण २०७८, बुधबार १५:३४ 
  • काठमाडौं,२० साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका छन् । उनले एक वा अर्को रुपमा त्यस अगाडिका सरकार र नेताहरु पनि जिम्मेवार रहेको बताए ।

    राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्रवक्ता श्रेष्ठले भने, ‘यो मुलुकको यो बेहालका निम्ति त्यो प्रवृत्तिका बाहक उहाँ मात्रै (केपी ओली मात्रै) जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए ।’

    उनले यो कुराको गम्भीर र निर्मम ढंगले आत्मसमीक्षा गर्नुपर्ने बताए । नेताहरुले आफूलाई बदल्न तयार हुनुपर्नेमा पनि उनले जोड दिए ।

    ‘अबको निकास भनेको आफूलाई बदल्नुपर्छ, पार्टीहरुले, नेताहरुले र सरकारले आफूलाई बदलेर नयाँ ढंगले काम गर्ने तत्परता प्रस्तुत गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘अहिलेको सरकारलाई विशेषत प्रतिगमन विरोधी राजनीतिक पार्टीका नेताहरुलाई आफूलाई बदल्न र नेपाली जनताले अपेक्षा गरेअनुसार नयाँ ढंगले काम गर्न म अपील गर्न चाहान्छु ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.