सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालमा क्षमता भन्दा बढी कोरोनाका बिरामी


  •    न्युजभित्तो/२० श्रावण २०७८, बुधबार १४:४३ 
  • चितवन, २० साउन । भरतपुर अस्पतालमा श्यया क्षमताभन्दा बढी कोरोना भाईरस (कोभिड–१९) संक्रमित बिरामी भर्ना भएका छन् । अस्पतालले कोरोनाका लागि ११० श्यया छुट्याएकोमा ११६ जना भर्ना भएका हुन् ।

    अस्पतालका सूचनाअधिकारी लिलाधर पौडेलका अनुसार भर्ना भएका मध्ये तीन भेन्टिलेटरसहित २५ जना आईसियूमा, २५ जना एचडियुमा र ६६ जना साधारण बेडमा रहेका छन् ।

    पौडेलका अनुसार पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित भर्ना भएका छन् भने नौ जना डिस्चार्ज भएका छन् । यस अवधिमा दुई जनाको मृत्यु भएको छ । पौडेलले दिनुभएको जानकारी अनुसार अधिकांश बिरामीको अवस्था जटिल प्रकृतिको रहेको छ ।

    अस्पतालको ओपिडि सेवामा पनि बिरामीको चाप उच्च रहेको छ । आजै एकै दिन एक हजार हाराहारीले ओपिडि सेवा लिएका छन् । सूचनाअधिकारी पौडेलका अनुसार आज मात्रै ८४४ जनाले ओपिडिबाट र १२९ जना इमर्जेन्सीबाट सेवा लिएका छन् । अस्पतालमा बिरामीको चाप बढी हुँदा संक्रमण नियन्त्रण गर्न झनै कठिन हुने देखिएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.