सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

द ग्रिनपार्क रेष्टुराँ एण्ड बारले चुरोट र पानी बिक्रीको निश्चित् रकम समाजसेवामा


  •    न्युजभित्तो/२० श्रावण २०७८, बुधबार १४:०४ 
  • चितवन,२० साउन । जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजिकैको द ग्रिनपार्क रेष्टुराँ एण्ड बारले चुरोट र पानी बिक्रीको निश्चित् रकम समाजसेवामा खर्च गर्ने गरेको छ । रेष्टुरराँले चुरोटको प्रति खिल्ली रु दुई र पानीको प्रतिबोत्तल रु तीन समाजसेवामा खर्च गर्ने गरेको हो ।

    रेष्टुराँका सञ्चालक जोन कँडेलकाअनुसार मूल्य बढाएर होइन, चलनचल्तीको मूल्यमै रकम छुट्याउने गरिएको छ । हालसम्म सो रकमबाट क्यान्सर सेवा समाज सेवा चितवनलाई रु २८ हजार ८१६, मितेरी फाउण्डेशनलाई रु २६ हजार ८३२, खैरहनी माध्यमिक विद्यालयलाई २६ हजार ९३८ र रास्कोट अस्पताललाई २७ हजार ४८८ सहयोग गरिसकिएको छ ।

    कँडेलका अनुसार रु ६५ हजार सञ्चित रकम रहेको छ । सो रकम चुरोटबाट बचाइएको हो । पानीको रकम पछिल्लो समय शुरु गरिएको हो । पानीको सङ्कलित रकम हालसम्म वितरण गरिएको छैन । अत्यावश्यक क्षेत्रमा सो रकम सहयोग गरिने उहाँको भनाइ छ ।

    रुख, बिरुवा र हरियालीको बीचमा कटेजसहितको यस रेष्टुराँमा तीन सयभन्दा बढी पुस्तकसहित पुस्तकालय रहेको छ । कँडेलको भनाइमा पुस्तकालयमा आएर पुस्तक पढ्दै खाने र रमाउने ४० देखि ५० जना रहेका छन् । रेष्टुराँलाई पूर्ण पारिवारिक बनाइएको उहाँको भनाइ छ ।

    उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष राजन गौतमले नारायणगढको कोलाहालबाट पैदलनै पुगेर वनभित्रको अनुभूति दिलाउने गरी रेष्टुराँ सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायसँगै समाजसेवा गर्नेलाई प्रोत्साहन गर्नुपर्छ ।”

    भरतपुर महानगरपालिका–४ लङ्कु धारापानीका कँडेलको यो रेष्टुरेन्ट आफ्नै १४ कठ्ठा जमीनभित्र रहेको छ । रेस्टुराँ परिसरमा साल, सिमल, डुम्री, बकाइनो, कटहर, जामुन, बाँस, मलेसियन साल, कपुर, तेजपत्तालगायतका ठूला रुख र फलफूलका बिरुवा रहेका छन् ।

    एक सयभन्दा बढी प्रजातिका बिरुवा र फूलहरु रहेकाले जोकोहीलाई वनभित्र बसेको अनुभूति हुने गर्दछ ।
    रेष्टुराँ परिसरमा बच्चाका लागि पिङ, चिप्लेटी, ढिकिच्याउ जस्ता खेल राखिएका छन् । स्थानीय योगेन्द्र पौडेलले मान्छे तर्साउने ठाउँमा कँडेलले व्यवस्थापन गरेर सामाजिक सेवासहितको व्यवसाय गरेको बताउनुभयो ।

    रेन्टुराँसँगै मूलबाट निस्किएको पानीका तीन वटा धारा पनि रहेका छन् । आठ दाजुभाइमध्ये सातौं सन्तान कँडेलले स्नातकोत्तर गरी राजधानीमा व्यावसायिक अनुभव बटुलेर आफ्नै जमीनमा यो व्यवसाय गर्नुभएको हो ।

    शुरुमा केही साझेदारसँग थालिएको व्यवसायपछि उहाँ एक्लैले सम्हाल्दै आउनुभएको छ । सो व्यवसायमा रु एक करोडको हाराहारी लगानी भएको उहाँको भनाइ छ । –

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.