सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रहरी प्रधान कार्यालयको प्रस्ताबः प्रहरीलाई पनि निजामती क्षेत्रजस्तै सुविधा देउ


  •    न्युजभित्तो/२० श्रावण २०७८, बुधबार १३:४२ 
  • काठमाडौं, २० साउन । नेपाल प्रहरीलाई पनि निजामती क्षेत्रजस्तै सुविधाको प्रस्ताव प्रहरी प्रधान कार्यालयले गरेको छ । यसका लागि विभिन्न तीन तहमा बढुवा र अन्य सेवा सुविधा बढाउन माग गरिएको हो । नेपाल प्रहरीले माग गरेको सुविधा नेपाली सेना र सशस्त्र प्रहरीले पाइरहेका छन् ।

    प्रहरी प्रधान कार्यालयले नियमावली संशोधन र संरचना पुनरवलोकनसहित तह, दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । एक महिनाअघि गृहमा पठाएको प्रस्ताव लागु भएमा तल्लो दर्जाका प्रहरीको सेवा सुविधामा समेत वृद्धि हुनेछ ।
    प्रहरी प्रधान कार्यालयले गृहमा गरेको प्रस्तावमा कार्यालय सहयोगीका चार तह र सहायक हबल्दार, वरिष्ठ हबल्दार र वरिष्ठ सई गरेर तीन दर्जा थपको प्रस्तावसमेत गरिएको छ । यस्तै, बढुवाको अवधि पुगेका तर अवकाशमा जान लागेका डीएसपीलाई समेत एक तह थप गरेर एसपीसम्मको सेवा सुविधा दिन प्रस्ताव गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयले तयार पारेको प्रस्ताव पारित भएमा कार्यालय सहयोगीले पाँचौँ तहसम्मको सुविधा पाउनेछन । दर्जा कार्यालय सहयोगीकै भए पनि सेवा सुविधा निजामती कर्मचारी सुब्बासरहको प्रस्ताव गरिएको छ । यो प्रावधानानुसार ग्रेड, तलबलगायत माग पनि प्रस्तावमा गरिएको छ ।

    नयाँ प्रस्तावमा जवानबाट हबल्दार हुनुअघि सहायक हबल्दार, हबल्दारपछि वरिष्ठ हबल्दार र सईपछि वरिष्ठ सईको दर्जा थपको माग गरिएको छ । तल्लो तहमा १२ वर्षसम्म पनि नियमित बढुवा हुन नसक्दा संगठन छाड्ने, निराशा बढ्ने निष्कर्ष पनि प्रहरी प्रधान कार्यालयको छ । नेपालमा दैनिक औसतमा ६ जना प्रहरीले जागिर छाड्ने गरेका छन् ।

    प्रहरी उच्च अधिकारीहरु भन्छन्, “हामीले गरेको प्रस्ताव पास भए संगठनमा त्यसले ठूलो ऊर्जा ल्याउनेछ । खासमा तल्लो तहमा यसले निकै सकारात्मक सन्देश जानेछ । बीचैमा जागिर छाड्नेलगायत कुराहरुमा पनि कमी आउने हाम्रो विश्वास छ । १०–१२ वर्षसम्म एकै तहमा बस्दा त्यसले तल्लो दर्जामा निराशा, तनाव बढ्दै गएको छ ।”

    गृहले यो प्रस्ताव अर्थ मन्त्रालयमा पठाउनेछ । अर्थले स्वीकृति दिएमा मन्त्रिपरिषद्ले निर्णय गरेमा नयाँ व्यवस्था लागु हुनेछ । प्रहरीमा हाल ७९ हजारको दरबन्दी रहे पनि ६९ हजार मात्रै कार्यरत छन् । १० हजार जनशक्ति रिक्त छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.