सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काँग्रेस शीर्ष नेताको बैठक आज बस्ने


  •    न्युजभित्तो/२० श्रावण २०७८, बुधबार १२:५८ 
  • काठमाडौं, २० साउन । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निवासको निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ ।

    बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    क्रियाशील सदस्यता छानविन समिलते सहमति गर्न नसकेका क्षेत्रको विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारी बैठकले शीर्ष तीन नेतालाई दिएको थियो । शीर्ष नेताहरुलाई विवाद समाधभानका लागि पाँच दिनको समय दिइएको थियो ।

    मंगलबार नै समयसीमा गुजारिसकेका शीर्ष नेताहरुबीच सदस्यता विवादको मापदण्डमै सहमति जुट्न सकेको छैन । क्रियाशील सदस्यता छानविन समितिले साउन १२ गते पार्टी सभापति देउवालाई सदस्यताको अन्तिम प्रतिवेदन बुझाइसकेको छ ।

    तर बारा, सप्तरी, धनुषा ४, सर्लाही २, रसुवा सिन्धुपाल्चोकलगायतका जिल्लामा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यता विवाद समितिले सुल्झाउन नसकेपछि शीर्ष नेतालाई जिम्मेवारी दिइएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.